अर्थ - वाणिज्य

रंगशालाका लागि ३४ करोड बजेट रंगशालाका लागि ३४ करोड बजेट
दाङ, १६ फागुन,रासस
बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ । 
 
भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । 
 
जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले राखेका छन् । 
 
जिल्ला खेलकुद विकाश समितिको सक्रियातामा गुरुयोजना निर्माण गरिएसँगै पूर्वाधार निर्माणका लागि उक्त रकम खर्च गरिनेछ । तुलसीपुर–१९ बेलझुण्डीस्थित खेलकुद विकास समितिको कार्यालय परिसरमा रंगशाला निर्माण गरिने समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताउनुभयो । 
 
खेलकुद परिषद्ले रंगशाला निर्माणका लागि टेण्डरसमेत आह्वान गरेको छ । खेलकुद विकास समितिले केही दिनमा नै रंगशालाको शिलान्यास गर्ने योजना बनाएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award