अर्थ - वाणिज्य

त्रिभुवन माविलाई सवा करोडभन्दा बढीको सहयोग त्रिभुवन माविलाई सवा करोडभन्दा बढीको सहयोग

गुल्मी, १८ माघ,रासस

गुल्मीको त्रिभुवन माविका लागि चन्दा बोल कार्यक्रमबाट सवा करोडभन्दा बढीको आर्थिक रकम संकलन भएको छ । 

मुसिकोट नगरपालिका–६ कुर्घाको भुवाचिदीस्थित त्रिभुवन माविका लागि चन्दा संकलन अभियानबाट हालसम्म रु एक करोड २० लाख बराबरको आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । 

विद्यालयले ‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आगामी फागुन ३ देखि ७ गतेसम्म विद्यालयले बृहत्रुपमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ । 

स्वर्ण महोत्सवलाई लक्षित गर्दै विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसारलाई समेत तीव्रताका साथ अगाडि बढाइरहेको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिनुभयो ।  

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Guff Shop

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award