अर्थ - वाणिज्य

व्यापार मेलामा एकैदिन चार करोडको कारोबार व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

पोखरा, २ माघ,रासस

पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । 

संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उहाँले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको उल्लेख गर्नुभयो । 

संघका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताउनुभयो । उहाँका अनुसार पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्थासमेत गरेको छ । 

मेला समापनको दिन मेलाको प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्वारा ह्युण्डाई कम्पनीको इवन गाडी उपहारको रुपमा राखिएको छ । सो गाडीको बजार मूल्य रु १८ लाखभन्दा बढी रहेको छ । 

पुस २७ गतेदेखि शुरु भएको मेला आगामी माघ ८ गतेसम्म जारी रहने आयोजकले जनाएका छन् । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award