- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
जुम्ला, २६ पुस,रासस
यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् ।
गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र खाएर घर व्यवहार चलाउँदै आएको तर यो वर्ष गाउँपालिकाले झण्डै फागुनतिर पाउने भनेपछि उनीहरु समस्यामा परेको कोइलीचरी मावि, लुमगाउँका शिक्षक मानबहादुर सिंहले बताउनुभयो ।
“सरकारले सात महिना अघि शिक्षकलाई निजामती कर्मचारीलाई झैँ मासिक तलब दिने कुरा अखबारमा आएको थियो, आखिर सात महिनापछि चौमासिक तलब खानसमेत पाउने अवस्था आएन,” दुखेसो गर्दै शिक्षक सिंहले भन्नुभयो । तलब खान नपाउँदा शिक्षकका आफ्ना आवश्यकता परिपूर्तिमा बिर्को लागेको उहाँको भनाइ छ । जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले विनियोजन विधेयकले एक तिहाइ खुवाउने भनेकाले शिक्षकलाई तलब खुवाउन समस्या भएको बताउनुभयो । “यो समस्या जिल्लाका आठै स्थानीय तहमा छ, चैतमा सोधभर्ना गर्नेगरी विभिन्न शीर्षकबाट मिलाएर अन्य स्थानीय तहले खुवाएको र कनकासुन्दरीले त्यसो नगरेको हुनसक्छ” जिशिअ श्रेष्ठले भन्नुभयो ।
सरकारले प्रेसरमा बजेट निर्माण गर्दा पनि यो समस्या आएको उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय तहको पहिलो अभ्यास र गाउँपालिका अनुसारका शिक्षकको सबै तहको तथ्यांक अध्यावधिक नभएकाले अहिले यो समस्या देखिए पनि आगामी वर्ष व्यवस्थित हुनेछन् । शिक्षकले प्रत्येक चौमासिकको तलब बेलैमा पाउन नसक्नुको कमजोरी गाउँपालिकाको नभई मन्त्रालय भएको सो गाउँपालिकाका स्रोत व्यक्ति नारायण चौलागाईंले औँल्याउनुभयो । स्रोत व्यक्ति चौलागाईंले भन्नुभयो, “यो गाउँपालिकाका जम्मा २६ विद्यालयका १०७ जना शिक्षक समस्या परेका छन् ।
पहिलो चौमासिकमा पनि रु ४१ लाख अपुग हुँदा मिलाएर खुवाइएको उहाँले बताउनुभयो । अहिले तलब खुवाउनै पर्दा रु एक करोड ८१ लाख आवश्यक बजेटमा रु ३१ लाख अपुग हुने उहाँको भनाइ छ । उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले शिक्षकको समस्यालाई बेलैमा सम्बोधन गर्न प्रयास भएको जनाउनुभयो । अपर्याप्त निकासाका कारण पहिलो चौमासिकसहित दोस्रो चौमासिकमा यही समस्या बल्झेको उहाँले बताउनुभयो । यो समस्याले केही समय लिने भएपनि समाधानका लागि प्रयासरत रहेको उहाँको भनाइ छ ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





