- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
हरि बास्तोला,पोखरा, २५ पुस,रासस
दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका एक कृषकले चरितार्थ गर्नुभएको छ ।
पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बन्नुभएको छ ।
घरको वरिपरि आँगन, बारीको डिल र गोठको नजिक सेताम्मे रहेका ३७ वटा मौरीको घारबाट एक वर्षको अवधिमा ५५० किलो मह र मौरीसहितका १७ वटा घार बिक्रीबाट उहाँले सो आम्दानी गर्नु भएको हो । आचार्यले स्थानीय सेरना जातको मौरी रहेको आधुनिक घारबाट वर्षमा चार पटक मह काढ्ने गर्नुभएको छ । उहाँले भन्नुभयो, “ठूलो घारबाट एक पटकमा २० किलो र सानोबाट १५ किलोसम्म मह उत्पादन हुन्छ ।”
घरमा आफ्नै लागि मह खाने सोख बढेपछि एक दशक अगाडि रु तीन हजार ५०० मा खरिद गरेर ल्याएको एउटा घार विस्तार हुँदै जाँदा थाहै नपाई मौरीपालन व्यवसायी बन्न पुगेको उहाँ बताउनुहुन्छ । उत्पादित महलाई बजारको अभाव छैन । मह घरबाटै बिक्री हुने गरेको छ ।
आचार्यले शुद्ध अर्गानिक मह प्रतिकिलो रु एक हजार, दुई फ्रेम मौरीको घार रु आठ हजार तथा मह, मौरीसहित १० पे्रmमको घारलाई रु १५ हजारसम्ममा बिक्री गर्दै आएको बताउनुभयो । सिद्धबाबा मौरी तथा बाख्रापालन फार्मका सञ्चालक आचार्यका अनुसार तापक्रम सन्तुलित टुनी काठको घार र रातो लालीगुराँसको पे्रmममा मौरीले मह उत्पादन बढी गर्ने गरेको पाइन्छ ।
उत्पादित मह र मौरीसहितको घार छिमेकी वडा, पोखरा बजार, जिल्लाका विभिन्न स्थानीय तहलगायत स्याङ्जा, तनहुँ, काठमाडौँसम्म पुग्ने गरेको आचार्यकी श्रीमती राधिकाले बताउनुभयो । उहाँका अनुसार मौरीका लागि खासै स्याहारसुसारको आवश्यकता नपरे पनि समय समयमा घारको सरसफाइ र कमिला, छेपारो, पुतली, माउसुली, खुम्रे, गहटे, बारुलालगायत जीवजन्तुले भने अति दुःख दिने गरेका छन् ।
घरमा आउने पाहुनालाई अर्गानिक महको स्वाद चखाएर स्वागत गर्दै आएका आचार्य दम्पत्तीले मह र खसीबोका बिक्रीबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । यही व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षादीक्षा दिन सकेको आचार्य दम्पतीको भनाइ छ । उनीहरुका ठूलो छोरा डा विदुरप्रसाद आचार्य हाल प्रहरी निरीक्षकका रुपमा कार्यरत हुनुहुन्छ भने अर्को छोरा फ्रान्स र छोरी अमेरिकामा हुनुहुन्छ ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





