अर्थ - वाणिज्य

विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग

पथरी, मोरङ, २३ पुस,रासस

उर्लाबारी–९ भोटेपुलका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गर्नुभएको छ । 

उहाँले उर्लाबारी–९ स्थित खोपीडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा रु दुई लाख ७४ हजार ३८० खर्च गरी विभिन्न भौतिक संरचना निर्माण गरी सहयोग गर्नुभएको हो । समाजसेवी श्रेष्ठले विद्यालयमा पर्खाल र मञ्च निर्माण गरिदिनुका साथै रङरोगन तथा घेराबारा निर्माण गरिदिनुुभएको विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले जानकारी दिनुभयो । 

सो विद्यालयका पूर्वविद्यार्थी समेत रहनुभएका श्रेष्ठले आफू पढेको विद्यालयको स्तरोन्नति गर्नु आफ्नो पनि कर्तव्य सम्झेर सहयोग गरेको बताउनुभयो । 

जाडोमा कम्बल र ज्याकेट बाँड्दै न्यानो अभियान 

विपन्न तथा गरिब समुदायलाई लक्षित गर्दै न्यानो अभियान नेपाल, उर्लाबारीले कम्बल र ज्याकेट वितरण गरिरहेको छ । जाडोमा केही हदसम्म भए पनि राहत महसुस गराउने हेतुले ज्येष्ठ नागरिकलाई कम्बल र बालबालिकालाई शनिबार ज्याकेट वितरण गरिरहेको हो । 

यसै क्रममा उर्लाबारी–९ मौलिबारीका २२ परिवारलाई कम्बल र १८ परिवारका बालबालिकालाई ज्याकेट प्रदान गरिएको न्यानो अभियान नेपालका कार्यक्रम संयोजक सरोज बस्नेतले जानकारी दिनुभएको छ । 

यसअघि उर्लाबारी–८ को बगर टोल र उर्लाबारी–४ को बक्राहा बाँधमा न्यानो कपडा वितरणसहित गोदावरी हस्पिटल उर्लाबारीको सहयोगमा स्वास्थ्य शिविर गरिएको सदस्य विवेक हिङमाङले जानकारी दिनुभएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award