- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
अदुवा प्रशोधनबाट राम्रो आम्दानीे
सरिता राई
भोजपुर, २२ पुस रासस
लगानीअनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले राम्रो आम्दानी लिइरहेका छन् । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाबाट विभिन्न प्रकारका अचार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गर्न सफल भएका हुन् ।
उहाँले अदुवा प्रशोधनबाट आफ्नो परिवार मात्रै पाल्नुभएको छैन, गाउँका थुप्रैलाई रोजगार समेत दिनुभएको छ । सामान्य तालीम लिएर विगत १२ वर्ष अघिबाट यो पेशा अपनाउनुभएका राईले विसं २०६६ मा आफ्नी श्रीमतीको नाममा मीना वइथ ज्योति उद्योग दर्ता गरी अदुवा प्रशोधन थाल्नुभएको थियो । उहाँले अदुवाबाट अदुवा जिन्जर, क्यान्डी, डस्ट, पाउडर, सुठो र अचार बनाउने गर्नुहुन्छ ।
अदुवाबाट विभिन्न परिकार बनाएर बेच्दै आउनुभएका राईको प्रशोधन केन्द्रमा मात्रै मासिक दुई क्विन्टल जति अदुवा खपत हुने गरेको छ । “अहिले प्रशोधन केन्द्रमा दुई क्विन्टल अदुवा खपत हुन्छ, यो सबै अदुवा गाउँघरबाट नै बटुलेको हुँ” राईले भन्नुभयो । उहाँले वार्षिक रु पाँच लाख मूल्य बराबरको अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब रु दुई लाख नाफा कमाउनुहुन्छ ।
“व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उहाँ भन्नुहुन्छ, “त्यही भएर गाउँघरमा उत्पादन भएको अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा सुरुवाती समयमा अनावश्यक झण्झट खेप्नुभएका राईले यसको व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्ने गरेको सुनाउनुहुन्छ ।
“जति बेला मैलै यो उद्यम शुरु गरेँ, त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइँन्, राम्रो बजारीकरण पनि थिएन, अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो” राई भन्नुहुन्छ– “अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन तर बनाइसकेका परिकार खेर चाँहि फाल्नु पर्दैन । यहाँ उत्पादित अचार धरानको बराह डिपार्टमेन्ट, इटहरीको गोर्खा डिपाटमेन्टल स्टोर्स, भोजपुर सदरमुकामको उद्योग वाणिज्य संघ र विभिन्न ठाउँको मेलामा निर्यात हुने गरेको छ ।
यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको अनुभवउहाँको छ । “यहाँ त अहिले पनि अदुवाको अचारभन्दा सर्वसाधारणले बुझ्दैनन् तर बाह्य पर्यटकका लागि भने यही अचार राम्रो छ” कर्मचारी व्यवस्थापक तीर्थकुमारी थापाले बताउनुभयो ।
यो व्यवसायमा उहाँले एक जना महिला व्यवस्थापकसहित कामको प्रकृति हेरेर २०÷२५ जनालाई समेत रोजगारी दिनुभएको छ । “आफू हिँडिरहनुपर्छ, त्यही भएर मान्छे राखेको छु” उहाँ भन्नुहुन्छ “उनीहरूलाई नियमित रुपमा कम्पनीकै मूल्यअनुसारको तलब छ ।”
नेपालमा भने यस्ता वस्तुबारेमा जानकारी नभएकाले बजारीकरणमा समस्या हुने गरेको उहाँको भनाई छ । “यहाँका मान्छे बाहिरी अखाद्य पदार्थ भने खान्छन् तर हामीले अग्र्यानिक तवरले बनाएको परिकार भने खाँदैनन्” उहाँले भन्नुभयो । यस उद्योगलाई उन्नति परियोजनाले पनि आर्थिक सहयोग प्रदान गरेको छ । समावेशी वृद्धि कार्यक्रमअन्तर्गत उन्नतिले अदुवा प्रशोधन गरी २५ हजार अचार उत्पादन तथा बजारीकरण गर्ने गरी रु १३ लाख १२ हजार २२८ सहयोग गरेको जनाएको छ ।
“हामीले खटेर यस्ता व्यवसाय गर्ने हो भने श्रमिकका रूपमा बाहिरी देश जानु पर्दैन र अदुवाजस्ता वस्तुको भाउ पाइएन भनेर चिन्ता पनि गर्नुपर्दैन” व्यवस्थापक तीर्थ थापाको भनाइ छ ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





