अर्थ - वाणिज्य

धनगढीमाई नगरपालिकाको बजेट रु ४६ करोड ३४ लाखभन्दा बढी धनगढीमाई नगरपालिकाको बजेट रु ४६ करोड ३४ लाखभन्दा बढी
लहान, २२ पुस रासस
 
सिरहा धनगढीमाई नगरपालिकाले आव ०७४÷०७५ का लागि रु ४६ करोड ३४ लाख ८८ हजार बजेट बिनियोजन गरिएको छ । शुक्रबार सम्पन्न प्रथम नगर परिषद्ले पूँजीगत खर्चतर्फ रु २५ करोड २९ लाख ३१ हजार १११, चालुगत खर्चतर्फ रु छ करोड १० लाख २१ हजार र प्रत्येक वडालाई ५० लाख पर्ने गरी १४ वडास्तरीय कार्यक्रमका लागि रु सात करोड रकम विनियोजन गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिनुभयो । 
 
क्षेत्रगत बाँडफाँडअनुसार आर्थिक विकासतर्फ रु तीन करोड ९६ लाख ४९ हजार ४६, कृषि विकासतर्फ रु दुई करोड ७५ लाख ३९ हजार, सामाजिक विकासतर्फ रु तीन करोड ९१ लाख १६ हजार ४६१ र शिक्षातर्फ रु एक करोड ९५ हजार १४६ विनियोजन गरिएको उहाँले बताउनुभयो । 
 
त्यसैगरी पूर्वाधार विकासतर्फ रु १५ करोड पाँच लाख ८७ हजार ६६५, वातावरण तथा व्यवस्थापतर्फ रु एक करोड १६ लाख ६५ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु एक करोड एक लाख र अन्यत्र वर्गीकृत नभएको रु ६० लाख ८३ हजार ७०५ विनियोजन नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । 
 
नगरप्रमुख चौधरीका अनुसार, आव ०७४÷०७५ मा आयतर्फ नेपाल सरकारबाट प्राप्त वित्तीय सबलीकरण अनुदान रु २५ करोड ९६ लाख ६४ हजार, सशर्त अनुदान रु आठ करोड पाँच लाख ८० हजार, सामाजिक सुरक्षा कार्यक्रमबाट रु पाँच करोड ७१ लाख पाँच हजार, स्थानीय शासन तथा सामाजिक विकास कार्यक्रमबाट रु १३ लाख चार हजार र सडक बोर्डबाट रु २५ लाख गरी कुल रु ४६ करोड ३४ लाख ८८ हजार १५१ रहेका छन् । 
 
यसैगरी कुल आन्तरिक आय ९मालपोत तथा आन्तरिक राजस्व बाँडफाँडसमेत रु एक करोड ९६ लाख ४८ हजार ८७५ हुने अनुमान गरिएको छ । त्यसैगरी नगरपरिषद्ले एकीकृत नगर विकास योजना, नगर शिक्षा योजना, पर्यटन गुरुयोजना, शिक्षाको भौतिक तथा शैक्षिक सुधार कार्यक्रम, स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति तथा भौतिक सुधार योजनालाई प्राथमिकताका साथ अगाडि बढाएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award