अर्थ - वाणिज्य

गौरादह नगरपालिकाको बजेट रु ८२ करोड गौरादह नगरपालिकाको बजेट रु ८२ करोड

दमक, २१ पुस,रासस

झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ८२ करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । 

बिहीबार पहिलो नगरसभाले नगरपालिकाको रु ८२ करोड सात लाख ३६ हजार १९४ को अनुमानित आयव्यय सार्वजनिक गरिएको हो । बजेटको चालु खर्चतर्फ आम्दानीको ४६।३६ प्रतिशत अर्थात् रु ३८ करोड चार लाख ३२ हजार ४०० र पूँजीगत खर्चतर्फ ५३।६४ प्रतिशत अर्थात् रु ४४ करोड तीन लाख तीन हजार ७४४ विनियोजन गरिएको नगर प्रमुख रोहित शाहले जानकारी दिनुभयो । 

नगर प्रमुख शाहले गौरादह नगरलाई पर्यटकीय, शैक्षिक, व्यापारिक, व्यावसायिक तथा बसोबासयोग्य हरितसँगै आधुनिक स्मार्ट सिटी बनाउन बजेटसहितको नीति तथा कार्यक्रमबाट जोड दिइएको बताउनुभयो । नौवटा वडा रहेको नगरको पछिल्लो जनसंख्या करिब ६६ हजार पुगेको नगरपालिकाले जनाएको छ । 

झापा क्षेत्र नं ५ का प्रदेशसभा सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको नगरसभा उद्घाटन कार्यक्रममा निवर्तमान सांसद दीपक कार्की, नगर उपप्रमुख गीता भेटवाललगायतले बोल्नुभएको थियो । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award