अर्थ - वाणिज्य

बचित्रकला प्रदर्शनीबाट सोह्र लाख आम्दानी बचित्रकला प्रदर्शनीबाट सोह्र लाख आम्दानी

काठमाडौँ, १९ पुस,रासस

वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट रु १६ लाख आम्दानी गर्नुभएको छ । 

आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै आफूले चित्रकला बिक्रीबाट उक्त आम्दानी गरिसकेको जानकारी दिनुभयो । आगामी २२ गतेसम्म रहने सो प्रदर्शनी गत १३ गतेबाट नेपाल कला परिषद्मा शुरु भएको थियो । 

“कुनै चित्र एक दिनमा नै निर्माण सकिन्छ भने कुनै चार महिनासम्म लाग्ने गरेको छ”, उहाँले भन्नुभयो । बाल्यकालदेखिनै कला क्षेत्रमा रुचि भए पनि व्यासायिकरुपमा सो क्षेत्र अंङ्गालेको उहाँलाई ६० वर्ष पुगेको छ । 

संस्कृति र इतिहास सम्बन्धि बढी चित्र कोर्नुभएको सुवालले अहिलेसम्मा दुई हजार चित्र बनाइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण गरे पनि राम्रोसँग कला देखाउने स्थानको अभाव छ ।” बहत्तर वर्षीय सुवाल कला संरक्षण नगर्ने हो भने नेपालीको पहिचान नरहने हँुदा संरक्षण गर्नु अत्यन्तै आवश्यक रहेकामा जोड दिनुहुन्छ । 

प्रदर्शनीमा राखिएका चित्र रु १५ हजारदेखि रु १५ लाखसम्मको रहेको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award