- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
गोपालप्रसाद पोखरेल,पथरी, मोरङ, १८ पुस,रासस
तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ ।
आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आउनुभएको छ । तोरी नफुल्ने समयमा समेत उहाँले जंगलमा लगेर मौरी चराउने गर्नुभएको छ । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आउनुभएको छ ।
खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उहाँ बताउनुहुन्छ । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ । मौरी ल्याएपछि आफूले तोरीमा विगत चार÷पाँच वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ ।
२०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गर्नुभएको हो । अहिले २०० घारसम्म पाल्न सफल हुनुभएको छ । उहाँले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् । वार्षिकरुपमा २०० घारबाट पाँच हजार केजीअर्थात् ९५० क्विन्टल० मह वार्षिक उत्पादन हुन्छ भने रु ३० लाख बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ ।
पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी रु ६०० को दरले बिक्री वितरण गर्ने गरेको उहाँले सुनाउनुभयो । उहाँले उत्पादन गरेको महको बजार मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागी पठाउने गरिएको पाठकको भनाइ छ । उहाँ मात्र होइन थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् ।
मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीकरुपमा मौरी पालन हुँदै आएको छ । मौरीपालनले एकहजार घार मौरीबाट वार्षिक रु २० लाख अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ । मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ ।
व्यवसायको शुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक रु २० लाख आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालको भनाइ छ ।बहुसंख्यक गाउँका शैक्षिक बेरोजगार युवा पैसा कमाउने चक्करमा भौतारिइरहेको अवस्थामा उहाँहरुको यो कार्य प्रेरणाको स्रोत नै बनेको छ । बर्खा र हिउँद महिनामा भने मौरीबाट आम्दानी हुँदैन ।
मौरी अन्य किरामध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यहाँ पालिने मौरी धेरैजसो कठ्यौरी जातका हुन् ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





