- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
भीमदत्तनगर, १७ पुस ९रासस
आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको छ । केही वर्षयताको राजस्व संकलन तथ्यांक हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि२१ प्रतिशतसम्म बढी राजस्व संकलन गरेको छ ।
निजी क्षेत्र, उद्योगी, व्यवसायीमा अझै पनि कर तिर्ने बानीको विकास सहज नभएको अवस्थामा कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर तिर्ने बानीको विकासका लागि समन्वयको अभाव देखिएको बताउनुभयो ।
“कार्यालय कर संकलनका हिसाबले मुलुकमै महत्वपूर्ण स्थानमा आउँछ ।” प्रमुख कर अधिकृत शर्माले भन्नुभयो– “करदाताले राजस्व समयमा नबुझाउँदा स्वयंलाई घाटा हुने भएकाले सचेत हुनु आवश्यक छ ।” उहाँले कर संकलनका विषयमा उद्योग वाणिज्य संघलगायत वस्तुगत संघको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो । “भ्याटमा दर्ता नभएर एउटै नम्बरमा समेत तीन÷चार वटा व्यवसाय गरेको पनि देखियो ।” उहाँले भन्नुभयो– “बिना इजाजत पनि अन्तशुल्कजन्य कारोबार गरेका छन् ।”
उहाँले निजी क्षेत्र, उद्योगी, व्यवसायी र कर प्रशासनबीच समन्वयको आवश्यकता रहेको बताउँदै आगामी दिनमा त्यसका लागि ठोस कार्ययोजनासहित अगाडि बढ्ने तयारी रहेको बताउनुभयो । प्रमुख कर अधिकृत शर्माले करदाता शिक्षा प्रभावकारी बनाउनुका साथै अनुगमन तथा कर नतिर्नेलाई कारबाहीको दायरामा ल्याइनेमा जोड दिनुभयो ।
कार्यालयले चालु आवका सात महिना ९मंसिर मसान्त० सम्म रु ५२ करोड ९८ लाख ९७ हजार राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयले रु एक अर्ब १९ करोड ३१ हजार ५०० राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी आव २०७०÷०७१ रु ५० करोड ४४ लाख ५२ हजार राजस्व संकलन भएको छ । जुन लक्ष्यभन्दा १६ प्रतिशतले बढी हो ।
त्यस्तै आव २०७१÷०७२ मा रु ६० करोड ३५ लाख ८८ हजार राजस्व संकलन गरिएको कार्यालयका नायब सुब्बा भीमबहादुर विष्टले जानकारी दिनुभयो ।सो वर्षमा १२ प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । कार्यालयले वार्षिक राजस्व संकलनको दायरा बढाउँदै आव २०७२÷०७३ मा रु ७४ करोड ३३ लाख ९१ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । सो वर्ष पाँच प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको देखिन्छ ।
त्यसैगरी आव २०७३÷०७४ मा कार्यालयले रु ९७ करोड ४८ लाख ८६ हजार राजस्व संकलन गरेको छ । चार वर्ष अघिसम्म वार्षिक लक्ष्य रु ४३ करोड रहेको कार्यालयले हाल रु एक अर्ब १९ करोड लक्ष्य लिएर कर संकलनको दायरा निकै फराकिलो पार्दै लगेको भए पनि बैतडी जिल्लाबाट राजस्व संकलन अन्य जिल्लाका तुलनामा कम हुने गरेको छ । चार वर्षयता मुअकर रु चार करोड बक्यौता संकलन बाँकी रहेको छ । आयकरतर्फ पनि २०७० सालयता रु चार करोड ५० लाख बक्यौता संकलन बाँकी देखिएको छ ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





