अर्थ - वाणिज्य

गुडभेली उद्योगबाट मनग्य आम्दानी

कञ्चनपुर, १७ पुस ९रासस

जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आउनुभएको छ । 

चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु पेल्ने मेसिन खरिद गरी चौधरीले गुडभेली उद्योग सञ्चालन गर्दै आउनुभएको छ । मेसिन खरिद गर्दा लागेको पूरै रकम उद्योगमा उत्पादन भएको गुड बेचेर चुक्ता गरेको उहाँले बताउनुभयो । 

कामदारको तलब, उखु खरिद, ढुवानी र गुडभेली उत्पादनमा गरी वार्षिक रुपमा रु १० लाख जति खर्च लाग्ने गरेको छ । वर्षमा छ महिना सञ्चालन हुने उद्योगले मासिकरुपमा दुई हजार क्विण्टल उखु क्रसिङ गरी १० देखि १५ क्विण्टल गुडभेली उत्पादन गर्दैआएको छ । 

उत्पादन भएको गुडभेली प्रतिकिलो रु ६० मा उद्योगबाटै बिक्री हुने गरेको छ । उद्योगमा आठ जनाले रोजगारी पाएका छन् । उत्पादित गुडभेलीको माग अधिक भएकाले मागअनुरुप उत्पादन गर्नका लागि उखुको अभाव हुने गरेको छ । 

नजिकै दुईवटा ठूला चिनी उद्योग सञ्चालनमा आएपछि यहाँका गुडभेली उत्पादन गर्ने साना उद्योग सञ्चालकले उखुको अभाव झेल्नु परेको छ । उखुको तौल गर्ने विद्युतीय स्वचालित मेसिनको व्यवस्था नहुँदा उखु उत्पादक किसानले तौलको झण्झटले चिनी मिलमै उखु बेच्ने गरेका छन् । 

उखुकै अभावमा देखतभूलीका वीरबहादुर चौधरी र रामप्रवेश रानाले सञ्चालन गरेको गुडभेली उद्योग यस वर्ष सञ्चालनमा आएको छैन । यहाँ उत्पादित गुडभेली स्थानीय उपभोक्तासँगै सीमावर्ती भारतीय बजारलगायत धनगढी, महेन्द्रनगर, बुटवल, भैरहवा र नेपालगञ्जसम्म आपूर्ति हुने गरेको छ । 

यहाँका श्रीपुर, परासन, त्रिभुवनवस्ती, देखतभूली, रामपुर विलासीपुर, बेलडाँडी र चाँनदेउ क्षेत्रमा गुडभेली बनाउने उद्योग सञ्चालनमा छन् । गुडभेलीको प्रयोग मदिरा बनाउन, गाई गोरुलाई खुवाउन र विभिन्न प्रकारका मिठाई बनाउन प्रयोग हुने गरेको छ । यहाँका सञ्चालनमा रहेका गुडभेली साना उद्योगले वार्षिकरुपमा रु दुई करोड बढीको कारोबार गर्दै आएका छन् । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award