अर्थ - वाणिज्य

तीन उम्मेदवारले मात्रै खर्च विवरण बुझाए तीन उम्मेदवारले मात्रै खर्च विवरण बुझाए

बैतडी, १७ पुस,रासस

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन् । 

निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै नौ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खर्च विवरण पेश गर्ने उम्मेदवारमा नेपाली काँग्रेसका वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, नेकपा ९एमाले०का पूर्व अर्थराज्य मन्त्री दामोदर भण्डारी र प्रदेशसभा ‘क’ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार अर्जुनसिंह मडै हुनुहुन्छ । 

तीनैजनाले निर्वाचन आयोगको सीमाभन्दा कम चुनावमा खर्च भएको विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । वाणिज्य राज्यमन्त्री चन्दले रु २४ लाख ३६ हजार भण्डारीले रु १७ लाख ४० र मडैले रु ४८ हजार खर्च भएको विवरण पेश गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले रु २५ लाख तथा प्रदेशसभा सदस्यका उम्मेदवार रु १५ लाखसम्म खर्च गर्न सक्ने निर्वाचन आयोगले सीमा तोकेको थियो । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४०मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो । 

प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाले उम्मेदवारी दिएकामा प्रतिनिधिसभामा नेकपा ९एमाले०का नेता तथा पूर्व अर्थराज्यमन्त्री भण्डारी, प्रदेशसभा ‘क’ मा नेकपा ९माओवादी केन्द्र०का पे्रमप्रकाश भट्ट र प्रदेशसभा ‘ख’ मा एमालेका लीलाधर भट्ट विजयी हुनुभएको थियो । 

प्रदेशसभामा विजयी उम्मेदवार भट्टद्वयलगायत अन्य सात उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् । खर्च विवरण पेश गर्न बाँकी रहेको उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयले सूचित गरेको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award