अर्थ - वाणिज्य

म्याग्दी महोत्सवलाई विभिन्न संघसंस्थाबाट रु १६ लाख सहयोग म्याग्दी महोत्सवलाई विभिन्न संघसंस्थाबाट रु १६ लाख सहयोग

बेनी, म्याग्दी, १७ पुस,रासस

यही पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सव, माघेसंक्रान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई विभिन्न निकायले रु १६ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । 

जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसार तथा लगानीमैत्री वातावरण बनाउन आयोजित महोत्सवमा जिल्लाका पाँच वटा गाउँपालिकाले प्रतिगाउँपालिका रु दुई लाख, म्याग्दी प्रवासी नेपाली संघ मोना ९आइसी०ले रु तीन लाख, आइएमइ गु्रपले रु तीन लाख सहयोग गरेको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । 

जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटकीय र ओझेलमा परेका क्षेत्रको प्रचारप्रसारका साथै लगानी भित्र्याउनसमेत महोत्सवले सघाउने बताइएको छ । महोत्सव अवलोकन गर्न आउनेलाई नगर तथा गाउँपालिकास्तरसम्म रहेका पर्यटकीयस्थलका बारेमा जानकारी गराउने मूल संयोजक एवं संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । 

‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रर्वद्धन गरौँ’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा एक लाख ५० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । 

विद्यालयलाई युरोपबाट नौ लाख बढी सहयोग 

बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती माविको निर्माणाधीन अवस्थामा रहेको ३० कोठे भवन निर्माणमा युरोपमा रहेका भकिम्लीवासीले रु नौ लाखभन्दा बढी आर्थिक संकलन गरेर पठाएका छन् । भकिम्ली स्थायी घर भई विगत लामो समयदेखि स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा रु नौ लाख ३७ हजार ३६० संकलन भएको हो । 

एनआरएन युरोप संयोजक कुल आचार्यलगायत युरोपका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले सहयोग गर्नुभएको थियोे । करिब रु तीन करोडको लागतमा निर्माणाधीन अवस्थामा रहेको भवनमा जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार आर्थिक सहयोगबाहेक अन्य चन्दासहित विभिन्न कार्यक्रम गरी संकलन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयो । 

जिल्लाकै पुरानो विद्यालय भए पनि राज्यस्तरबाट अपेक्षाकृत सहयोग नपाएपछि स्थानीयवासीकै सक्रियतामा शुरु भएको भवन निर्माणमा गाउँलेले समेत क्षमताअनुसार सहयोगसहित जनश्रमदान गरेका छन् । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award