अर्थ - वाणिज्य

क्यानको वार्षिक मुनाफा रु नौ अर्बभन्दा बढी क्यानको वार्षिक मुनाफा रु नौ अर्बभन्दा बढी
काठमाडौँ, १६ पुस रासस
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले रु नौ अर्बभन्दा बढी सञ्चित मुनाफा आर्जन गरेको छ । आव २०७३÷७४ सम्मको अवधिमा नौ अर्बभन्दा बढी मुनाफा कमाएको आज बबरमहलस्थित क्यान परिसरमा आयोजित क्यानको १९ औँ वार्षिकोत्सवका अवसरमा सो जानकारी दिइएको हो । 
 
क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार क्यानले आव २०७३÷७४ सम्म सरकारलाई रु एक अर्ब ४६ करोड ८८ लाख राजश्व भुक्तानी गरेको छ । 
 
हवाई सेवालाई, स्तरीय तथा प्रभावकारी तुल्याउन समयसापेक्ष उच्चतम प्रविधिको अधिकतम उपयोग गर्दै सेवालाई थप गुणस्तरीय बनाउन क्यान लागिपरेको उहाँले बताउनुभयो । 
 
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठन ९आइकाओ० को तथ्यांकअनुसार सन् २०१६ मा विश्वव्यापी नियमित उडानका यात्रु आवागमनतर्फ ६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । 
 
एशिया–प्रशान्त क्षेत्रमा यो वृद्धि केही बढी अर्थात् ७ दशमलव ५ प्रतिशत रहेको देखिन्छ । उक्त अवधिमा विश्ववयापी यात्रु आवागमन सङ्ख्या तीन अर्ब ८० करोड पुगेको छ । 
 
नेपालको सन्दर्भमा सन् २०१६ दश महिना ९जनवरीदेखि अक्टोबरसम्म०को तुलनामा सन् २०१७ को सोही अवधिमा वायुयान आवागमनतर्फ २६ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ भने हवाई यात्रु आवागमनतर्फ ९ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । तर कार्गो ढुवानीतर्फ भने यस अवधिमा ६ दशमलव २४ प्रतिशतले ह्रास भएको छ । 
 
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नागरिक उड्डयन मुलुकको आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै यसलाई २१ औँ शताब्दी अनुरुपको उच्चतम प्रविधिमैत्री बनाइनुपर्नेमा जोड दिनुभयो । 
 
लामो समयदेखि युरोपेली संघको कालोसूचीमा परेको नेपालको उड्डयन क्षेत्रलाई जतिसक्दो चाँडो फुकुवा गर्न आवश्यक पहल गर्ने बताउँदै उहाँले क्यानको दायरालाई थप प्रभावकारी बनाउन हालको क्यानलाई नियमन गर्ने निकायको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 
 
एयरलाइन्स अप्रेटर एशोसिएशन अफ नेपालका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको हवाई सेवालाई सुरक्षित र व्यवस्थित गर्न पूर्वाधार निर्माणलाई तीव्रता दिई प्रविधिमैत्री बनाइनुपर्नेमा जोड दिनुभयो । 
 
क्यान कर्मचारी ट्रेड युनियनका प्रतिनिधि श्रवणकुमार यादवले क्यानको व्यवसायिकीकरणका लागि विद्यमान बेथिति अन्त्य गरी नीतिगत सुधारको खाँचो औँल्याउनुभयो । 
––– 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award