अर्थ - वाणिज्य

फाकफोकथुमको बजेट रु २६ करोड ५१ लाख फाकफोकथुमको बजेट रु २६ करोड ५१ लाख
इलाम, १५ पुस ।
फाकफोकथुम गाउँपालिकाको प्रथम गाउँसभाले चालु आव २०७४÷०७५ का लागि रु २६ करोड ५० लाख ५८ हजार ३८९ बराबरको बजेट सार्वजनिक गरेको छ । 
 
बजेटमा पूँजीगत खर्चतर्फ रु १५ करोड ७७ लाख १५ हजार र चालु खर्चतर्फ रु १० करोड ७३ लाख ३७ हजार ३८९ छुट्याइएको छ । 
 
गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, अपांगता, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईले जानकारी दिनुभयो । सोही अवसरमा आर्थिक विधेयक २०७४÷०७५ र आर्थिक विनियोजन विधेयक २०७४÷०७५ प्रस्तुत भई पारित भएको छ । रासस

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award