- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
बनेपा, १४ पुस,रासस
दुई सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा पनि पर्न थालेको छ । मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । काभ्रेपलाञ्चोकको बनेपा बजारमा रहेका दुईवटा ब्रोकर कार्यालयले दिएको जानकारीअनुसार लगानीकर्ता अहिले ‘हेर’ र ‘पर्ख’ को रणनीति बनाउँदै छन् ।
खचाखच भरिने बनेपाका ब्रोकर कार्यालय सुनसान जस्तै देखिँदा यस क्षेत्रका लगानीकर्तामा शेयर बजारप्रतिको उत्साह कम देखिएको छ । बनेपाको भिजन सेक्युरिटिज प्रालि ९३४० नम्बरले यस साता चार दिनको अवधिमा ७४ हजार ९०५ कित्ताको रु तीन करोड ४५ लाख १२ हजार ४८१ बराबरको कारोबार गरेको छ । सो सेक्युरिटिज प्रालिले यसअघि ७२ हजार सात कित्ताको रु पाँच करोड २६ लाख ४६ हजार २०१ बराबरको कारोबार गरेको थियो ।
“बैंकले गरेको ब्याजको वृद्धि, नयाँ सरकार निर्माणमा भएको ढिलाइको प्रभाव यहाँ पनि परेको छ ।” बनेपाको भिजन सेक्युरिटिज प्रालि ९३४० नम्बरका प्रमुख प्रकाश अधिकारीले भन्नुभयो । उहाँले वाणिज्य बैंक, माइक्रोफाइनान्सजस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको उल्लेख गर्दै शेयर बजारका लागि काठमाडौँ जाने लगानीकर्ताले पनि बनेपाबाट नै कारोबार गरेको बताउनुभयो । बनेपाको क्रियटिभ सेक्युरिटिज प्रालि ९४०० नम्बर ब्रोकर कार्यालयले पनि यस सातामा रु एक करोड ६८ लाख ५० हजार ७३३ बराबरको मात्रै कारोबार गरेको छ ।
उक्त सेक्युरिटिज प्रालिले अघिल्लो साता रु दुई करोड १२ लाख २६ हजार ६४६ बराबरको कारोबार गरेको थियो । बनेपाको क्रियटीभ सेक्युरिटिज प्रालि ९४०० नम्बरका प्रमुख राजेन्द्र मर्हजनले शेयर बजारमा गिरावट आएपछि लगानीकर्ता शेयरमा लगानी गर्न हिचकिचाइरहेको जानकारी दिनुभयो । धुलिखेल, पनौती, पाँचखाल, भक्तपुर लगायतका क्षेत्रबाट शेयर कारोबार गर्न लगानीकर्ता बनेपा आउँछन् । बनेपामा तीनवटा ब्रोकर कार्यालयले शेयर खरिद, बिक्रीको काम गर्दै आएका छन् ।
शेयर बजार बढ्दा बनेपाका ब्रोकर कार्यालयमा रु छ करोडदेखि रु १० करोडसम्मको कारोबार हुँदै आएको थियो ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





