अर्थ - वाणिज्य

आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख

म्याग्दी, १४ पुस,रासस

म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा ९एमाले० म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ । 

गत शनिबार दिउँसो आगलागी हँुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पीडित भएकालाई नेकपा ९एमाले० म्याग्दीद्वारा संकलन भएको रु एक लाख ६ हजार ११५ सहयोग रकम बिहीबार उपलब्ध गराइएको हो । 

सो रकममध्ये आगलागीबाट ठूलो भौतिक क्षति व्यहोरेका बेगप्रसाद पुर्जालाई रु ९५ हजार ११५ र राजकुमारी तिलिजालाई रु ११ हजार सहयोग गरिएको नेकपा ९एमाले० जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, जिल्ला सचिवालय सदस्य तर्क केसी, सन्तोष रावल लगायतले पीडित परिवारलाई राहत हस्तान्तरण गर्नुभएको थियो । 

आगलागीबाट घरभित्रको सम्पूर्ण सामानसहित घर, फर्निचर लगायतको सबै सामान जलेर ठूलो क्षति व्यहोरेको समयमा नेकपा ९एमाले० म्याग्दीले बेनीमा संकलन गरी उपलब्ध गराएको सो सहयोगले पीडित पुर्जा र तिलिजा परिवारलाई राहत मिलेको भन्दै पीडितले सहयोगदातालाई धन्यबाद ज्ञापन गरेका छन् । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award