- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
इनरुवा, १४ पुस,रासस
सुनसरीसहित चारैतिर सुन्तलाको सिजन शुरु भएको छ । तर गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान र इटहरी क्षेत्रको बजारमा गत वर्षको तुलनामा ४५ प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा कृषि उपज बजारस्थल धरानमा एक हजार ५०० मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । तर यो वर्ष सिजनमा पनि ४०० मेट्रिक टन बराबरको सुन्तला मात्र बिक्री भएको छ ।
बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला आउने गर्दछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा कमी आएका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला बजारमा कम आएको भोजपुरका सुन्तला कृषक जितेन्द्र राईले बताउनुभयो ।
गत आव २०७२÷७३ मा धरानमा ६ हजार ४९३ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्य मात्र रु ५२ करोडको कारोबार भएको थियो । किसानको बारीमै गएर व्यापारीले फूल फुल्दै गर्दा बोट नै खरिद गर्दछन् । फूल फुले अनुसारको सुन्तला नफल्दा भने व्यापारीलाई घाटा भएको कृषि उपज बजारस्थल धरानका व्यापारी टीकाराम श्रेष्ठले बताउनुभयो ।
उपभोक्ताको माग अनुसारको सुन्तला बजारमा आउन सकेको छैन । पूर्वी पहाडी जिल्लामा गत वर्षको तुलनामा ६० प्रतिशतले कम सुन्तला उत्पादन भएको छ । यसले गर्दा सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य दोब्बर भएको कृषि उपज बजारस्थल, धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
सुन्तला उत्पादनमा कमी आउनाको मुख्य कारण सुन्तलाको बोट मर्नु र फूल लागेको बेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ जसले गर्दा सुन्तला खेतीमा आश्रित रहेका कृषकको पेशा सुरक्षित बन्न सकोस् ।
सुनसरीका पाँच ठाउँमा कृषि टहरा
यसैबीच, जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाको किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै पाँच ठाउँमा कृषि सेट टहरा निर्माण गर्ने भएको छ ।
आफ्ना खेतबारीमा कृषकले उत्पादन गर्ने काउली, गोलभेँडा, बन्दाकोबी, सागपात, टमाटर लगायतका सामग्री राखेर बिक्री–वितरण गर्नका लागि टहरा निर्माण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयले जिल्लाको कोशी गाउँपालिकास्थित हरिपुर हाट, श्रीपुरको कोशी कटान राजमार्ग छेउ, बर्जू गाउँपालिकाको चिमडी आसपास क्षेत्रमा, दुहवी नगरपालिकाको पूर्वकुशाहामा र बराहा नगरपालिकाको मधुवन वा प्रकाशपुरमध्ये एक स्थानमा गरी पाँच स्थानमा कृषि टहरा निर्माण गरिने भएको हो ।
कृषि सेट टहरा निर्माण गर्नका लागि सम्झौतासमेत भइसकेको र छिट्टै निर्माण कार्य थालिने जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





