अर्थ - वाणिज्य

गजल प्रतिभा पुरस्कारका लागि रु एक लाख सहयोग गजल प्रतिभा पुरस्कारका लागि रु एक लाख सहयोग
पोखरा, ९ पुस (रासस) 
गजल प्रतिभा पुरस्कार वितरणका लागि अक्षयकोष स्थापना गर्न रु एक लाख सहयोग प्राप्त भएको छ । 
 
गैरआवासीय नेपाली संघ युकेका संयोजक लालबहादुर गुरुङले आफ्ना स्व पिता बेलबहादुर गुरुङको स्मृतिमा रु एक लाख १११ सहयोग प्रदान गर्नुभएको हो । 
 
लालबहादुरका तर्फबाट गजल सन्ध्याका पूर्व अध्यक्ष उदीपराज ढुंगानाले संस्थाका अध्यक्ष अमृत सुवेदीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । 
 
गजल साहित्य सिर्जनामा हौसला प्रदान गर्न अक्षयकोष स्थापनार्थ उक्त सहयोग प्रदान गरेको दाता लालबहादुरले बताउनुभएको छ । 
 
गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन कार्यक्रम सञ्चालन गर्दैआएको छ । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award