- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा आकर्षक ‘प्याकेज’
– सिवी अधिकारी
काठमाडौँ, ८ पुस (रासस) ः नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् ।
पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् ।
खासगरी रात्रिकालीन मनोरञ्जन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर ल्याएका छन् ।
इशाई धर्मावलम्बीले उक्त धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस डेलाई मनाउने गर्छन् । दुई हजार १७ वर्ष अगाडिदेखि सोही धर्मावलम्बीले इस्वी संवत् प्रारम्भ गरेका हुन् । पर्यटनलाई संस्कृतिसँग जोडेर व्यवसायीले विभिन्न पर्वका अवसरमा नयाँ कार्यक्रम ल्याउने गरेका छन् ।
ठमेलको ‘रियल थेरापी एण्ड ब्यूटी प्वाइन्ट’ले नयाँ ग्राहकका लागि विभिन्न सेवामा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको छ ।
जाडोको समयसँगै नयाँ वर्षको अवसर पारेर यो छुट ल्याइए पनि पुराना नियमित ग्राहकलाई अझै बढी छुटको व्यवस्था गरिएको कम्पनीका सञ्चालक भविश्वर शर्माले बताउनुभयो ।
रियल थेरापीले ‘विन्टर भ्याकेसन’ छुटअन्तर्गत अफुरो, साउना, स्टिम, मसाजलगायत विभिन्न सेवामा नेपाली ग्राहकका लागि ५० प्रतिशत छुट दिइने जनाएको छ । जापानमा चर्चित ओफुरो, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवासमेत सञ्चालनमा रहेको सञ्चालक शर्माले बताउनुभयो ।
यस्तै, स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी ठमेलमा खुलेका गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायीले पनि नयाँ वर्ष तथा जाडो मौसममा विशेष छुट दिने गरेका छन् । व्यावसायिक सम्भावना देखेरै करोडौँ लगानी गरेका उनीहरुले विगतमा झैँ यसवर्ष पनि आफ्ना सेवामा विभिन्न अफर ल्याएका छन् ।
क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गरी ठमेलमा नयाँ क्लब र रेस्टुराँ खुल्ने क्रम पनि जारी छ । यसै सन्दर्भमा सुविधायुक्त ‘टर्टल लाउञ्ज एण्ड क्लब’ शुक्रबारदेखि शुरु भएको छ ।
नयाँ वर्षको अवसर पारेर ठूलो लगानीमा नयाँ क्लब शुरु गरिएको व्यवसायी आयुष ठकुरीले बताउनुभयो । उहाँले ठमेलमै करोडौँको लगानीमा ‘ब्लू बार’ नामक रेस्टुरेन्ट तथा ‘सर्कल गजल एण्ड लाउञ्ज बार’ सञ्चालन गरिरहनुभएको छ ।
नयाँ वर्षमा ग्राहकको रुची र चाहनाअनुसारको नयाँ प्याकेज तथा विभिन्न सेवामा छुट दिइएको व्यवसायीले बताएका छन् । राजधानी काठमाडौँमा मात्र नभई मुख्य पर्यटकीय क्षेत्र पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटन व्यवसायीले विभिन्न सेवामा छुटसहित अफर ल्याएका छन् ।
होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गरी तारे होटलदेखि पर्यटकस्तरीय होटलले विभिन्न प्याकेज ल्याएको बताउनुहुन्छ ।
उहाँका अनुसार ठूला होटलले सेवामा छुटभन्दा पनि सेवाग्राहीको चाहनाअनुरुपका प्याकेजअन्तर्गत अन्तर्राष्ट्रिय चर्चित ब्याण्ड, नेपाली चर्चित कलाकारका साथमा मनोरञ्जन दिलाउने प्याकेज सार्वजनिक गरेका छन् ।
सामान्य अवस्थामा पनि विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । पछिल्लो समय लाइभ म्युजिकसहितको क्लब तथा लाउञ्ज रेस्टुरेन्टमा पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्नेहरु पनि उत्साहित बनेका छन् ।
पर्यटकीय क्षेत्र ठमेलमा नयाँ वर्षको अवसरमा सडक महोत्सवको तयारी भइरहेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
नयाँ वर्षकै सन्दर्भमा रेस्टुरेन्ट तथा बार एशोसिएसन नेपाल (रेबान) ले यही ‘डिसेम्बर २८ देखि जनवरी १’ सम्म पोखरामा १९औँ पोखरा सडक महोत्सव आयोजना गर्दैछ ।
रेबानका अध्यक्ष प्रमोदकुमार जैसवालले नयाँ वर्षको सन्दर्भमा रेस्टुरेन्टले विभिन्न सेवामा छुटसहितका नयाँ प्याकेज ल्याएको बताउनुभयो ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





