अर्थ - वाणिज्य

क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग
 उदयपुर, ५ पुस रासस
उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । 
 
खड्कालाई हिमाली यातायात व्यवसायी संघका तर्फबाट संघका अध्यक्ष शत्रुधन कार्कीले खड्काको घरमा नै पुगेर नगद रु ५० हजार प्रदान गरेको पीडित खड्काले बताउनुभयो । 
 
यस्तै स्थानीय छिमेकीले समेत खड्कालाई रु एक लाख प्रदान गरेर आर्थिक सहयोग गरेका छन् । खुट्टाको क्यान्सरबाट पीडित बनेका खड्काको उपचारका क्रममा घरको आर्थिक अवस्था नाजुक बन्दै जान थालेपछि खड्काको उपचारमा अन्यले आर्थिक सहयोग शुरु गरेका हुन् । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award