अर्थ - वाणिज्य

नेप्से दोहोरो अंकले ओरालो नेप्से दोहोरो अंकले ओरालो

काठमाडौँ, ४ पुस,रासस

धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४।४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३।०५ बिन्दुले ओरालो लागेको छ । आज कूल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता शेयर रु ५९ करोड ९३ लाख ७६ हजार ३२२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । 

आज बैंकिङ ७।३६, व्यापार ०।९३, होटल ३२।९, विकास बैंक ७।२७, जलविद्युत् १४।४६, फाइनान्स ४।०७, बीमा ५९।६७, उत्पादन १७।१९, अन्य समूह ३६।४४ र माइक्रोफाइनान्स समूह २०।२३ बिन्दुले आरोलो लागेको छ । 

विस्तारै सङ्लिन्छ बजार 

शेयर बजारका विश्लेषक निरव पुडासैनीले राजनीतिक अन्योलता कायम रहेका कारण बजार प्रभावित भएको जानकारी दिनुभयो । वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बजारमा अनावश्यक हल्ला चलाइएको र उक्त हल्लाको सम्बोधन गर्ने प्रयास नभएका कारण पनि बजार प्रभावित भएको उहाँको भनाइ छ । 

सामान्य अवस्थामा पुसदेखि चैतसम्म बजार घट्ने नै भए पनि यसपटक राजनीतिक विषयकै कारण बढी प्रभावित भएको उहाँले टिप्पणी गर्नुभयो । नयाँ सरकार गठनलगत्तै बजार सङ्लिएर सहज अवस्थामा पुग्ने तथा अनेकन हल्ला र आशंकाको समेत समाधान हुने पुडासैनीले विश्वास व्यक्त गर्नुभयो । 

शेयर दलालले भने नेपाल धितोपत्र बोर्डले बजारको उतारचढावका बारेमा नबोल्न कडा निर्देशन जारी गरेका कारण प्रतिक्रिया दिन चाहेनन् । ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब रकम पु¥याइसकेको, बजारमा शेयरको फ्लो बढे पनि कारोबारमा भने कटौती भएको दलालहरुको टिप्पणी छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award