अर्थ - वाणिज्य

आलुखेतीमा वृद्धि आलुखेतीमा वृद्धि
कलैया, १३ कात्तिक , रासस
बारामा यस वर्ष कुल सात हजार ५०० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलुखेती गरिएको छ । 
 
जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार गत साउनको अन्तिम सातामा परेको अबिरल वर्षासँगै आएको बाढीले धानखेती नष्ट भएपछि कृषकले थप आलुखेती गरेका थिए । “गत वर्षको तुलनामा यस वर्ष आलुखेतीमा वृद्धि भएको छ,” साहले भन्नुभयो । आलुखेतीका लागि जिल्ला कृषि कार्यालयले बीउ उपलब्ध नगराएपछि कृषक स्वयम् आफैले आलुखेती गरेका थिए । 
 
हाल कलैया बजारमा जिल्ला बाहिरबाट आएका नयाँ आलु प्रतिकिलो रु ६०, कृषकले कोल्ड स्टोरमा भण्डारन गरेको आलु रु २५ देखि रु ३० सम्ममा बिक्री भइरहेको छ । आव २०७३÷७४ मा कृषकले विभिन्न जातको आलुखेती सात हजार ४५ हेक्टर क्षेत्रफलमा प्रति हेक्टर १५ मेक्ट्रिक टनका दरले उत्पादन हँुदा रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको एक लाख ५० हजार ६७५ मेट्रिक टन आलु उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । 
 
जिल्लाको अमृतगञ्ज, गोलागञ्ज, हरिहरपुर, देवपुरटेटा, उचिडिह, भगवानपुर, मटिअर्वा, पिपरपाती, बरियारपुर, प्रस्टोकालगायतका ठाउँ आलुखेतीको पकेटक्षेत्र मानिन्छ । जिल्लामा सि ४०, खुम्मलटार रातो जातिका आलु लगाउने गरिएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award