अर्थ - वाणिज्य

चोरिएको अधिकांश रकम फिर्ता चोरिएको अधिकांश रकम फिर्ता
काठमाडौँ, १३ कात्तिक , रासस
 
एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो । 
 
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले समाचारमा विभिन्न रकम बाहिर आएको प्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “बाहिर जे आए पनि रु ३१ करोडमा मात्र ‘हिट’ भएको थियो, त्यसमध्ये रु १६ करोड मात्र कारोबार भएको थियो ।” उहाँले सबै रकम फिर्ता आउने अन्तिम चरणमा रहेको बताउनुभयो । 
 
प्रवक्ता पौडेलले भन्नुभयो, “लगातार दुई दिन बिदा भएकाले काम भएन, आजदेखि काम शुरु भएको छ, सबै रकम फिर्ता हुन्छ ।” 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award