अर्थ - वाणिज्य

चितवनमा देउसी भैलो खेलेको रकम बिद्यालयलाई चितवनमा देउसी भैलो खेलेको रकम बिद्यालयलाई
केदार शर्मा,कालिका 
चितवन १२ । पुर्बी चितवनको कालिका नगरपालिका–१ गडुवामा रहेको राष्ट्रिय आधारभुत विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रममा १० लाख संकलन भएको छ । बोटे समुदायका बालबालिका अध्यन गर्ने बिद्यालयलाई स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका हुन् । तिहारमा खेलिएको देउसीबाट रू १० लाख १५ हजार संकलन भएको बिद्ययालय ब्यबस्थापन समितीका  अध्यक्ष राजु राईले जानकारी दिनू भएको छ ।
बोटे समुदायका बालबालिका अध्यन गर्ने बिद्यालय भएकोले त्हाका बालबालिकालाई नियमित बिद्यालय उपस्थीतको निम्ती सुबिदा समपन्न बिद्यालय बनाउन देउसी भैलो खेलिएको बिद्यालयका प्रध्यानाध्यापक लक्ष्मी अधिकारीले जानकारी दिनु भयो ।  ‘गुणस्तरीय शिक्षा, अंग्रेजी माध्यम आजको आबश्यक्ता’ भन्ने नाराका साथ खेलीएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट अंग्रजी माध्यममा बिद्यालय सञ्चालन गर्ने, बिद्यालयको स्तोर उन्नती गर्ने, बिद्ययालयमा लाईबेरी कोठा राख्ने, कम्पुटर कक्षा सञ्चालन गर्ने लगाएतका कार्य गर्ने लक्ष्य राखिएको कार्यक्रम संयोजक तथा बिद्यालय ब्यबस्थापनका अध्यक्ष राजु राईले बताउनु भयो । 
हाल सय बिद्यायार्थीले अध्यान गर्ने  बिद्यालयमा ७ जना कर्मचारी रहेका छन ।अंग्रेजी माध्यममा पठन पाठन तथा लाईबेरी र कम्पुटर कक्षको सञ्चालन गर्ने उद्दयश्यले खेलिएको देउसी भैलो कार्यक्रममा स्थानीयवासीले दिल खोलेर रू ५ सय देखि २५ हजार सम्म माथि दान दिएको राईले बताउनु भयो । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award