अर्थ - वाणिज्य

यस वर्ष मनाङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि यस वर्ष मनाङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि
 
निरज अधिकारी
३१ भाद्र, बेसीशहर ।
हिमालपारीको जिल्ला मनाङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले मनाङले जनाएको छ । 
 
मनाङका स्याउ कृषकले उच्च घनत्वमा स्याउ खेती गर्न थालेपछि गतवर्षको तुलनामा स्याउ उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय मनाङका योजना अधिकृत मदन रेग्मीले बताए । उनका अनुसार कृषहरुले परम्परागत स्याउखेतीलाई विस्थापित गर्दै आधुनिक स्याउखेती तर्फ लागेपछि उत्पादन बढेको हो । 
 
कृषि विकास कार्यालयका अनुसार गतबर्ष मनाङमा ८ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । कार्यालयका अनुसार दुई सय ५ हेक्टरमा स्याउको प्लान्टेशन क्षेत्रफल र ८७ हेक्टर स्याउको प्रोडक्टिभ क्षेत्रफल रहेको छ ।
 
जिल्ला कृषि विकास कार्यालय मनाङका प्रमुख राममिलन प्रसाद विश्वकर्माले तल्लो मनाङभन्दा माथिल्लो मनाङ क्षेत्रमा स्याउखेती उपयुक्त बन्दै गएको बताए । यहाँको स्याउको माग उच्च रहेकोले कृषकहरु उत्साहित भएको कार्यालय प्रमुख विश्वकर्माको भनाई छ । 
 
कार्यालयले गतवर्ष स्याउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत एक सय ५० रोपनीमा स्याउखेती गर्ने कृषकलाई एउटा बिरुवा बराबर व्यवस्थापन शुल्कको रुपमा एक सय रुपैयाँ वितरण गरेको थियो 
 
निस्याङ गाउँपालिका–१, भ्राताङका पाल्देन गुरुङले दुई वर्षअघिदेखि एग्रो मनाङ प्रालि सञ्चानमा ल्याएका छन् । चार सय २० रोपनीमा स्याउ खेती गरेका गुरुङले गतबर्ष तीस  हजार किलो स्याउ बिक्री गरेका थिए । गुरुङका अनुसार यसबर्ष ४ लाख ५० हजार किलो स्याउ उत्पादन गर्ने लक्ष्य छ । मनाङमा उत्पादित स्याउ लमजुङको  बेसीशहर हुँदै पोखरा, चितवन र काठमाण्डौसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए । 
  
भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुन्छ । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मनाङको स्याउले बजार पाएको छ । मनाङमा गाला, गोल्डेन र फुजे प्रजातिका स्याउ उत्पादन हुँदै आएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award