अर्थ - वाणिज्य

रु पाँच करोड राजस्व संकलित रु पाँच करोड राजस्व संकलित
पोखरा, २४ भदौ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आव २०७३÷७४ को असार मसान्तसम्म रु पाँच करोड ७५ लाख २९ हजार ६०० राजस्व संकलन गरेको छ । कार्यालयले राहदानी वितरणबाट मात्रै रु चार करोड ४७ लाख ७५ हजार ५०० राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिनुभयो । 
 
त्यस्तै प्रशासनिक दण्ड जरिवानाबाट करिब रु ९३ लाख ९१ हजार, फाराम र रजिस्ट्रेशन दस्तुरबाट रु १६ लाख ५३ हजार, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ३८ हजार, हातहतियार नवीकरणबाट रु पाँच लाख नौ हजार तथा अन्य प्रशासनिक दस्तुरबाट रु ६२ हजार ८०० राजस्व संकलन भएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award