अर्थ - वाणिज्य

कृषि रिपोटिङ तालिम समापन कृषि रिपोटिङ तालिम समापन
राजु थापा, भदौ ११, कालिका
कृषि क्षेत्रमा प्रयोग हुने शब्दहरुको प्रयोग कसरी गर्ने र कृषिको समाचार संकलनमा कहाँबाट शुरु गर्ने , कस्ता कस्ता विषयमा लाई समाचार र रिपोर्टमा उठान गर्ने भन्ने बारेमा जानकारी दिनका लागि  चितवनका संचारकर्मीहरुलाई  दिईएको ३ दिने कृषिसम्वन्धी  पत्रकारीता तालिम आईतवार समापन भएको छ । शुक्रवार देखि शुरु भएको तालिममा आईतबार नेपाल टेलिभिजनका कृषि कार्यक्रम प्रमुख तथा तालिमका प्रमुख सहजकर्ता टंक उप्रेतीले पत्रकारितामा कृषिका कस्ता विषय यठान गर्न सकिन्छ भन्ने बारेमा र समाचार संकलन गर्ने विषयका बारेमा जानकारी दिनु भएको थियो भने कृषि टेलिभिजनका संचालक गोविन्द शर्माले धिमिरेले कृषि समाचार संकलन गर्दा कस्ता उपायँहरु अपनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिनु भएको थियो । ३ दिन सम्म संचातिल तालिममा झण्डै १ दर्जन विज्ञहरुले कृषिका विभिन्न पक्षको बारेमा जानकारी दिनु भएको थियो । विज्ञहरुमा नार्क अन्र्तगतको मकै बाली अनुसन्धान कार्यक्रमका संयोजक केशव कोईराला, कृषि विश्वविद्यालयका अनुसन्धान निर्देशक नवराज देवकोटा, कृषि विश्वविद्यालयका सहायक डिन कल्याणी मिश्र, आईपीएम विज्ञ बसन्त रानाभाट, कृषि विकास कार्यालय चितवनका वागवानी विशेषज्ञ धन बहादुर थापा, फरवार्ड नेपालका ऋषिकेश ढकाल, उज्वल तिवारी र अस्मीता पाण्ड रहनु भएके थियो । यस्तै जिल्ला पशू कार्यालयका डा. डिल्लीराम सेढाई, ठा. तिलचन्द्र भटट्राई, मित्रराज दवाडीले आफु दक्ष रहेको विषयमा जानकारी दिनु भएको थियो । तालिममा नेपाल पत्रकार महासंध चितवन शाखाको समन्वय र  फरवार्ड नेपालको आयोजना रहेको थियो । जिल्लाका १९ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा पत्रकार महासंध चितवनका अध्यक्ष राधेश्याम खतिवडाले चितवनमा कृषि पेशमा उठान गर्नूपर्ने विषय धेरै रहेको र कसरी र कहाँ बाट उठान गर्ने विषयमा जिल्लाका पत्रकाररु अन्योल रहेको अवस्थामा तालिमले सहायता पुग्ने जानकारी दिनु भयो । सहभागि संचारकर्मी सवैले सवैको लागि प्रमाणपत्र वितरण समेत भएको कार्यक्रममा फरवार्ड नेपालका प्रवन्ध निर्देशक नेत्र प्रताप सिंहले अध्यक्षतता गर्नू भएको थियो ।  
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award