अर्थ - वाणिज्य

सदाको परिवारलाई आर्थिक सहयोग
राजविराज, १० भदौै । सप्तरीमा हालै आएको बाढीमा परी मृत्यु भएका कमलु सदाको परिवारलाई श्रम मन्त्रालयको सहयोगमा नेपाल निजामती कर्मचारी संगठनले आज आर्थिक सहयोग गरेको छ । 
सप्तरीका तिलाठी कोइलाडी–५ घर भएका सदाको परिवारलाई सो संगठनले रु १६ हजार ५०० र सोही संगठनका कर्मचारीहरुको पदाधिकारीहरुले पनि रु दुई हजार ५०० गरी जम्मा रु १९ हजार आर्थिक सहयोग गरेको कर्मचारी संगठनले जनाएको छ । 
मृतकका परिवारलाई संगठनका उपाध्यक्ष भवानी दाहाल, भागवत यादव र जिल्ला अध्यक्ष रामनारायण महतोसहित जिल्ला समितिका पदाधिकारीले सो आर्थिक सहयोग गरेका हुन् । 
यस्तै युवा संघ नेपालले समेत सदाको परिवारलाई रु ११ आर्थिक सहयोग प्रदान गरेको छ । रासस

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award