अर्थ - वाणिज्य

उबा संघद्धारा स्वागत तथा सम्मान उबा संघद्धारा स्वागत तथा सम्मान
कालिका श्रावण २८ सविता दराई 
चितवन जिल्लाको स्थानिय निकायको नव निर्वाचित जनप्रतिनिधिलाइरुलाई उधोग बाणिज्य संघ  चितवनले स्वागत तथा सम्मान गरेको छ । शनिबार  संघको सभाहलमा नवनिर्वाचति जनप्रनितिनिधिहरुलाईसंघका अध्यक्ष राजन गौतम सस्थापक सचिव कृष्णबन्धु पीया, वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, पुर्व अध्यक्ष कल्याण जोशीले दोसल्ला र सम्पान पत्रले सम्मान गर्नु भएको हो। नवनिर्वाचीत जनप्रतिनिधहरुलाई स्वागत तथा बधाई दिदै उधोग बाणिज्य संघका अध्यक्ष गौतमले संघले गर्ने काम स्थानिय क्षेत्रमा प्रभाव पार्ने भएकाले कुनै  पनि काम सचेत भएर गर्दै आएको बताउनु भएको छ । उहालेभरतपुर महागरनपालीका बन्नु पर्छभ न्ने एक सस्था पनि उधोग बाणिज्य संघ चितवन भएको बताउनु भयो  यस्तै विकासका साथ साथै ब्यबसायीक तर्फ चितवन उधोग संघ मार्फत बन्दै गरेको औधोगीक प्रर्दशनी कक्षको निमार्णको लागी पहल , शक्तिखोरमा रहेको २६ विगाहामा उधौगीक क्षेत्र निमार्ण लगायतका कार्यका पहल गर्दै आइरहेको पनि बताउनु भएको छ । 
संघको बधाई तथा स्वागत कार्यक्ममा  भरतपुरका प्रमुख रेणु दाहाल, रत्ननगर नगरपालीकाका प्रमुख नारायण बन, खैरहनी नगरपालीका प्रमुख लालमणि चौधरी, कालिका नगरपालीका प ्रमुख खुम नारायण श्रेष्ठ, राप्ती नगरपालीका प्रमुख प्रभा बराल, माडी नगरपालीका प्रमुख ठाकुर प्रसाद ढकाल भरतपुर महानगरापलीका उप प्रमुख पार्वती शाह, रनपा उपप्रमुख विमला दुवाडी, खैरहनी नपा उप प्रमुख सुनिता थपलिया, कालिका नपा उपप्रमुख कमला भट्राई, राप्ती नपा उपप्रमुख इमानसिह लामा, माडी नपा उपप्रमुख ताराकाजी महता, ईच्छाकामना गाउपालीका प्रमुख गीता गुरु ग, उप प्रमुख कृति कुमार श्रेष्ठ लगायत भरतपुर महानगरका वडा अध्यक्ष तथा सदस्यहरु, अन्य नगरपालीकाका वडा अध्यक्ष सदस्यहरुको सहभागीता रहेको थियो । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award