अर्थ - वाणिज्य

स्याउली बजार बचत मर्ज हुदै स्याउली बजार बचत मर्ज हुदै
राजु थापा, साउन २८, कालिका
भरतपुर १० मा रहेको स्याउली बजार बचत तथा ऋण सहकारी संस्थाले आफनो ८ औ साधारण सभा मार्फत संस्था एकिकृत हुने निर्णय गरेको छ । भरतपुर १० र ९ मा रहेका ४ बटा संस्था एकिकृत भई नयाँ र समृद्ध सहकारी हुने प्रयास स्वरुप ४ संस्था एक हुन लागेका हुन। स्याउली वजार बचत संग, गतिशिल बचत, मालिका बचत र चिनारी बचत एक हुने भएका हुन। 
भाद्र १६ गते सम्ममा सवै संस्थाको साधारण सभाले एकिकृत हुने प्रस्ताव पारित गरि असोज महिनामा एक हुने समझदारी भएको छ ।  संस्थाहरु एक भए पछि सदस्इ संख्या २८ सय हुनेछ भने शेयर रकम ५ करोड ६३ लाख २५ हजार हुने बताईएको छ । यस्तै स्याउली वजारले आफनो साधारण सभा बाट सदस्इका परिवारका ५ जना वृद्धवृद्धा, एसईईमा उत्कृष्ट हुने विद्यार्थी सहित असल बचत कर्ता , क्रणी लगायतलाई सम्मान समेत गरेको थियो । 
सभामा सहकारी डिभिजन कार्यालयका प्रमुख क्रषीराम भुषालको प्रमुख आतिथ्थतता रहेको थियो । संस्थाका अध्यक्ष ऋषिराम देवकोटाको सभापतित्व रहेको साधारण सभामा वडा अध्यक्ष अरुणपिडित भण्डारी, जिल्ला सहकारीका सहसचिव केशव रेग्मी ,एकिकृत हुन तयार संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award