अर्थ - वाणिज्य

जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई
कालिका, श्रावण, २७ ।  
भरपुर महानगरपालिकाका नवनिर्वाचित पदाधीकारीहरु लाई चितवन उद्योग संघले स्वागत तथा बधाई गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाका नवनिर्वाचीत मेयर उपमेयर लगाएत वडा अध्यक्षहरु लाई स्वाग स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेको हो । 
कार्यक्रममा संधले भरतपुर महानगरपालिकाका नवनिर्वाचीत मेयर रेणु दाहाल, उपमेयर पार्वती शाहा, तथा २७ बटा वडा प्रमुखहरुको सम्मानमा स्वागत तथा बधाई गरीएको हो । स्वागत तथा बधाई कार्यक्रममा बोल्दै महानगरपालिकाका नवनिर्वाचित मेयर दाहालले महानगरमा बिकासमा समभावनाहरु प्रसस्तै रहेको बाउदै भरतपुरको विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको जनाउनु भयो । जसकोलागी सबैसंग सहकार्य गर्दै अघि बढ्ने समेत जनाउनु भयो । साथै नेकपा एमालेसंगको सहकार्यमा भरतपुरको विकास निर्माणलाई अगाडि बढाउने उहाँको  भनाई छ । 
उहाँले आगमी दिनमा जनताको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने जनाउनु भयो ।  त्यस्तै कार्यक्रमा उपमेयर पार्वती शाहले पनि जनताको अमुल्य भोटले जित्न सफल भएको बताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्नु भएको छ । उहाँले सघको सम्मानले थप जिम्मेवारी थपीएको महसुस गर्दै महानगरपालीकालाई नमुना बनाउन सबैको साथ र सहयोग को लागि आग्रह समेत गर्नुभयो । 
महानगरपालिकाका नवनिर्वाचीत मेयर दाहालको प्रमुख आतिथ्यामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष भेशराज दुवाडीले स्वागत मन्ब्य राख्नु भएको थियो । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजु पौडेल कार्यपत्र प्रस्तुत गर्दै आमामी नोभेम्बर सम्ममा औद्योगीक प्रदशनी केन्द्रका ३ बटा ठुलाहलहरु सम्पन्न गरीसक्ने बताउनु भयो । साथै उहाँले सो भवन निर्माणको लागी सरकारले प्रदान गर्ने भनिएको १५ करोड रकम बजेट आईसकेको जानकारी दिनु भयो । साथै उहाँले नेपालका कुल जनसंख्याको १.२६ प्रतिश मानिस बैदेशीक रोजगारका लागी गएको बताउनु भएको थियो । 
संघका अध्यक्ष भिमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी, चितवन प्रदर्शनी केन्द्र निर्माण समिकिा आर्थिक संयोजक गुण चन्द्र लोहनी लगाएतको सहभागीता रहेको थियो ।
 

Post Comment

More अर्थ - वाणिज्य

Special Programs

Kalika Events

  • 12th Music Award