अर्थ - वाणिज्य

ओरालो लाग्यो शेयर बजार ओरालो लाग्यो शेयर बजार
काठमाडौँ, २६ साउन । धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । 
नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८।१९ बिन्दुले ओरालो लागेर एक हजार ६५३।९० बिन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।८५ बिन्दुले घटेर ३४७।१२ बिन्दुमा पुगेको छ । 
कुल १६१ कम्पनीको २० लाख १० हजार ४४७ कित्ता शेयर रु ९२ करोड ७९ लाख ३० हजार २३९ मूल्यमा कारोबार भएको हो । वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका हुन् । 
वित्त क्षेत्र १।२१ र उत्पादन समूहको शेयर १२।३४ बिन्दुले उकालो लाग्दा बैंकिङ ९।०२, होटल १३।४५, विकास बैंक ११।६, जलविद्युत् ६।३७, बीमा १६।०६ र अन्य समूह ३।७६ बिन्दुले घटेको छ । बुधबारसमेत बजार ओरोलो लागेको थियो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award