अर्थ - वाणिज्य

नौ सय उद्योग दर्ता नौ सय उद्योग दर्ता
कैलाली, २५ साउन । आर्थिक वर्ष २०७३\७४ मा साना तथा मझौला गरी ८८९ उद्योग दर्ता भएको छ । 
उद्योग विकास कार्यालयका प्रमुख दिलीपबहादुर चन्दका अनुसार गत आवमा ६७५ वटा प्राइभेट लिमिटेड कम्पनी, १५३ वटा लघुउद्यम उद्योग र ४२ वटा साझेदारी फर्म दर्ता भएको छ । 
साना र मझौला उद्योगमा रु ९१ करोड ४६ लाख २९ हजार पुँजी लगानी रहेको छ । ती उद्योगबाट रु ९४ लाख ८३ हजार ८२३ राजश्व संकलन भएको चन्दले बताउनुभयो । दर्ता भएका उद्योगमा दुई सय २० महिला र चार सय ७३ पुरुषले रोजगार पाएका छ । 
आव २०७२÷७३ मा साना र मझौला गरी ६ सयभन्दा बढी उद्योग दर्ता भएका थिए । सरकारले कृषि क्षेत्रको विकासका लागि सहुलियत ऋण तथा अनुदानको कार्यक्रम ल्याएसँगै कृषिमा आधारीत उद्योग दर्ता भएका थिए । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Kalika Highlights

Started at: 22:00 HRS

Up Next

Badal pariko Desh Bat

Starts at: 22:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award