अर्थ - वाणिज्य

अष्ट धातुको शिवको मुर्ति स्थापनाको लागी ३ लाख संकलन
कालिका श्रावण २४ सविता दराई 
देबघाटमा स्थापना हुन लागेको ३० फिट अग्लो अष्ट धातुको शिवको मुर्ति स्थापनाको लागी तिन लाख संकलन भएको छ । देबघाटमा  स्थापाना हुन लागेको ३० फिट अग्लो अष्ट्र धातुको शिवको मुर्ति निमार्ण गर्ने उदेश्यले बोलओम मेला अन्तर्गत लगाएको शिवपुराणमा साउन १७ देखी २४ सम्म ३ लाख संकलन भएको हो । रत्ननगर ४ डेबौली का लक्ष्मण लामिछाने तथा उहाका भाइबाट ५१  हजार १ सय १ सय रुपैया, खैरहनी नगरपालीका ८ का बाबुराम रुपा पौडेल, २१ ह्जार १सय २१ रुपैया। भरतपुर २६ दिब्यनगरका कलाधर गौतम बाट २२ हजार ५ सय ५५ , पर्वतका बालकृष्ण तिवारी बाट २१ ह्जार ५ सय लकु का कमला पौडेल बाट २१ ह्जार १ सय २१ पीठ’वा ५ रत्ननगरका पदमप्रसाद लम्साल बाट ११ हजार, देबघाटका लेखनाथ वाग्ले बाट २० हजार,विष्णुमाया वाग्ले बाट १५ हजार, देबघाटकै रविन्द्र पौडेल बाट ११ हजार १ सय ११ रुपैया संकलन देबघाट धाम संरक्षण् प्रतिष्ठानका सचिव मदन मिश्रले जानकारी दिनु भयो  ।  
देवधाट स्थित ३० फिट अग्लो धातुको शिवको मुर्ति स्थापना नजिकै रहेको शिवपान्चायन मन्दिरमा अष्टधातु संकलनकै लागी एक महिने शिवपुराण महायज्ञ सन्चालन हुदै आएको छ । 
देबघाट संरक्षण प्रतिस्ठानका आयोजनामा सन्चालन भएको  शिवपुराणमा बालकृष्ण आचार्यले दैनिक कथावाच गर्दै आउन’ भएको छ ।  प्रतिष्ठानले यस अधिको बोल ओम मेला देखि नै विभिन्न धार्मिक कार्यक्रम गर्दै अष्ट्र धातु संकलन गरिरहेकोमा यस पटकको बोल ओम मेला र शिवपुराणमा समेत धातु संकलन गर्ने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पियाले जानकारी दिनु भयो । यसकारण देबघाट मेला भर्न आउनेले शिवपुराण सुन्न सक्ने र अष्ट धातुको  लागी घरमा भएका पुराना समान तामा पीतल, ढलोट, सिल्लभर, सुन चादीलगायतका सामान  र नगद सहयोग गरी पुन्य कमाउन सक्ने आयोजकले जनाएको छ ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award