अर्थ - वाणिज्य

चितवन पेट्रोलियम डिलर्स एसोसीयसनको शान्तिपुर्ण आन्दोलन
कालिका, श्रावण, २३ ।
पेट्रोल परिमाणमा लस भएका समस्याको बारेमा सरकार लाई दिएको समय भित्र समाधान हुन नसके पछि नेपाल पेट्रोलियम डिलर्स एसोसीयसनले शान्तिपुर्ण आन्दोलन शुरु गरे संगै चितवनमा पनि शुरु भएको छ । एसोसीयसनले नेपाल आयल निगमलाई सो सस्याको समाधान गर्न  दिएको १५ दिनको म्याद गत १८ गते सक्एिक पछि राष्ट्र ब्यापी रुपमा आन्दोलनमा जाने निर्ण गरे संगै चितवनमा पनि शुरु गरीएको चितवन पेट्रोलीयम डिलर्स एसोसीयसनका अध्यक्ष ईश्वरी प्रसाद भट्टराईले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउनु भएको हो । 
उहाँले आफुहरुको माग सम्बोधन नभएसम्म चरणवद्ध आन्दोलनमा जाने जनाउनु भएको छ । अध्यक्ष भट्टराईका अनुसार श्रावण १८ गते आफुहरुको माग सम्बोधन नभएका कारण श्रावण २० गते देखि २५ गतेसम्म सम्पुर्ण पेट्रोल ब्यवसायीहरले आफ्नो आफ्नो बिक्रि स्थानमा कालो झण्डा सहित हातमा कालो पट्टि बाध्ने छन् । यस्तै २५ गते सम्म पनि समस्याको समाधान तर्फ नलागे २६ गते बाट नेपाल आयल निगम बाट पोट्रोल खरीद नगर्ने, २९ गते सम्म पनि निगमले समस्याको समाधन नगरे एसोसीयसनले देशै भरी पेट्रोल खरीद बिक्रि नगरी सम्पुर्ण पेट्रोलपम्पहरु बन्द गर्ने चितवन पेट्रोलीयम डिलर्स एसोसीयसनले जनाएको छ ।
एसोसीयसको पेट्रोल बिक्रेताको बिक्रि स्थलमा सम्म आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरीएको परिणाम अनुसारकै परिमाण प्राप्त हुनु पर्ने वा कम भएमा निगमले नै समायोजन गर्नु पर्ने, निगमले बिक्रेतालाई उपलव्त्र गराउने पेट्रोलीयम पदार्थ परीमाण गुणस्तर तथा नापतौल कार्यलयले समेत प्रामाणीत गरेको हुनु पर्ने, पेट्रोलीयम ढुवानीका क्रममा लकीङ्ग सीस्टमहरु अबिलम्बन गर्नु पर्ने लगाएतका १२ बुदे माग रहेका छन् ।
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Bhaka

Starts at: 16:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award