अर्थ - वाणिज्य

रु एक लाख लुट रु एक लाख लुट
नुवाकोट, २ साउन ।
किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कँदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि वेत्रावती रसुवाका कर्मचारी आज लुटिएका छन् । 
 
मानेगाँउमा आज अपराह्न सदस्यसँग ऋण उठाएर फर्कँदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको रु एक लाख लुटिएको नुवाकोट प्रहरीले जनाएको छ । 
 
सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय वेत्रावतीतर्फ पैदल फर्कँदै गरेका बेला तीन जनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् । 
लुटेराले केसीलाई काठको लौराले टाउकामा हानी लडाएको र नेपाल आत्तिएर भाग्न थालेपछि रकम लुटेर फरार भएको पाइएकाले संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । लुटेराको अक्रमणबाट केसीको टाउकामो चोट लागेको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Special Programs

Kalika Events

  • 12th Music Award