अर्थ - वाणिज्य

चेम्जोङ वार्षिक चालिस लाख आम्दानी गर्दे चेम्जोङ वार्षिक चालिस लाख आम्दानी गर्दे
जितेन्द्र भण्डारी
असार २,पाँचथर,
बुवा सिंगापुरे लाहुरे भएको हुँदा घर परिवार राम्रै सँग चलेको थियो,खान लगाउनको कुनै दुख थिएन् पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ५ का तिलविक्रम चेम्जोङलाई, आफूलाई खान मन लागेको खाएका थिए,आफूलाई लगाउन मन लगाएको कपडा लगाउन सक्ने क्षमता थियो परिवारमा,५ भाई दाजुभाई मध्ये उनी घरको जेठा छोरा हुन् ।
सानै उमेरमा उनी चन्चले,उत्सुकी, स्वाभावका, ब्यक्ति थिए, उनका बुवा सिंगापुर लाहुरे भएकोले उनी र उनका अरु ४ जना दाजुभाई तथा २ दिदीबहिनीको राम्रै सँग जीवीकोपार्जन चलेकै थियो,तिलविक्रम सानै उमेरदेखि नै राजनिती प्रति चासो राख्दथे, त्यस बेलाको नेपाली काग्रेसका हस्ती वि.स. २००७ सालको प्रजातन्त्रीक आन्दोलनका योद्धा भूविक्रम नेम्बाङको सामिप्यतमा रहेका कारण पनि उनको राजनितीक यात्रा सफल वन्दै गयो,उनी छिमेकी गाविस पौवासारतापमा रहेको पौवासारताप माविका पढ्दै गर्दा वि.स. २०४५ सालमा नेविसंघको इकाइ कमिटीको अध्यक्ष भए,पछि आङसराङको मेहलबोटेमा रहेको जनकल्याण माविको नेविसंघ संयोजक भए,
त्यसैगरी क्रमश वि.स. २०४८ सालतिर उनी नेविसंघको जिल्ला सदस्य,०५१ सालमा नेपाल तरुण दलको जिल्ला उपाध्यक्ष,र ०५४ सालमा तरुण दलकै केन्द्रिय प्रशिक्षण विभागमा रहेर काम गरे । पछि उनले वि.स.०६७ साल पाँचथरको क्षेत्र नम्बर २ को निर्विरोध क्षेत्रिय सभापति बने,त्यसपछि ०७० सालमा मुलुकमा दोसो संविधानसभाको चुनाव भयो,त्यसबेला उनले पाँचथरको क्षेत्र नम्बर २ बाट सभासद लड्ने तिव्र इच्छा ब्यक्त गरेका थिए,तर उनलाई पाटीले टिकट दिएन् त्यसपछि उनले नेपाली काग्रेस पाटी बाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिए ।
 उनको राजीनामाले राजनितीक यात्रा भने टुंगिएन् बरु झनै फैलिएर गएको छ । उनले त्यसपछि लगत्तै संघिय समाजवादी फोरम नेपालको संस्थापक केन्द्रिय सदस्य भएर काम गरे, अहिले पनि उनी संघिय समाजवादी फोरम नेपालका केन्द्रिय परिषद सदस्य छन् ।
राजनितीज्ञ मात्रै होइन चेम्जोङ सफल कृषक पनि,वार्षिक ४० लाख आम्दानी
 तर उनलाई राजनितीज्ञ मात्रै भनेर चिन्दा भने अन्याय होला,किनभने उनी सफल कृषकको पनि नाम बनाइसकेका छन् । अहिले उनले राजनिती सँगै कृषि पेशामा पनि छुट्टै नाम बनाउन सफल भएका हुन् । अहिले उनले यस कृषि पेशाबाट मात्रै वार्षिक ४० लाख रुपैया सम्मको आम्दानी गर्न सफल भएका छन् ।
उनको घरमा अहिले मौरीपालन बाट वार्षिक ३ लाख रुपैया,अलैँची नर्सरी बाट अलैँचीको विरुवा विक्री गरेर वार्षिक १५ लाख रुपैया,अलैँची उत्पादन गरेर वार्षिक १५ लाख रुपैया,माछा विक्री गरेर वार्षिक १ लाख,किबी फल बाट १ लाख रुपैया र गाईपालनबाट वार्षिक २ देखि अढाई लाख रुपैया आम्दानी गर्ने गरेका उनी वताउँछन् । यस पेशामा लागेरै अहिले घरखर्च राम्रो सँग चलाएका छन्,उनका दुई छोराहरु सिद्धबाबा आवासिय मावि घुर्विसे पंचमीमा बोडिङ स्कूलमा पढाएका छन् । उनले कमाएको रकम गाउँघमा साथीभाई लाई ब्याजमा लगाएका छन् ।
राजनितीलाई पेशा बनाईनुहुन्न
उनी भन्छन् ,“मलाई राजनिती गर्न भन्दा पनि कृषि पेशा गर्न वढी आनन्द आउँछ, यो पेशा स्वतन्त्र हुने र स्वास्थ्यलाई समेत राम्रो हुने हुँदा म यसबाट सन्तुष्ट छु ।”
उनी थप्छन्,“अहिले राजनिती गर्ने ब्यक्तिहरुले राजनितीलाई पेशा र ब्यवसाय बनाउनुहुन्न्न,आफू र आफनो परिवार पहिले आत्मनिर्भर भइयो भनेन् अरुलाई पनि आदर्शको कुरा सिकाइन्छ,फोस्रा आदर्श र विचारले मात्रै राजनिती गर्न सकिँदैन् ।” अहिले उनलाई जिल्ला कृषि विकाश कार्यालयले सफल कृषकको रुपमा चिन्दछ,उनलाई यस पेशा अगाडि वढाउनको निम्ति कार्यालयले साथ दिएको छ । अहिले त्यहाँ रहेको समूह मार्फत कृषि विकाश कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक संचालन गरेको हो । यस्तै उनलाई हातेट्याक्टर,विऊ विजन,प्राविधिक सहयोग गरेको छ ।  उनले अहिले गाउँका ७ जनालाई रोजगारी समेत दिएका छन् । उनी भन्छन्,“पछिल्लो समय युवायूवतीहरु कोरिया,कोरिया भन्छन् तर मैले कोरिया भन्दा कम कमाएको छैन्,अहिले पनि दैनिक हजारौँको संख्यामा विदेशिने क्रम रोकिएको छैन्,तर यहीँ स्वदेशमै पनि गर्न सक्दा विदेश गइराख्नु पर्देन्,त्यहाँ भन्दा कम पैसा कमाइँदैन् ।”
 
गर्न सक्दा स्वदेशमै कमाई छ
स्वदेशमै केहि गर्न अहिलेका वेरोजगार यूवायूवतीलाई उनी सुझाव दिन्छन् । अहिलेको पढाई पनि वढि सिद्धान्तमुखी भएको तर सानै कक्षादेखि कृषि विषयको पढाई हुने हो भने यस पेशातर्फ विद्यार्थीहरु आकर्षित हुन्छन्,जसका कारण आज यति धेरै यूवायूवतीहरु रोजगारीको सिलसिलामा विदेशिनुनपर्ने उनको भनाई छ ।
उनको सिको सिकेर वेरोजगार यूवाहरु ब्यवसायिक कृषि खेती तर्फ लाग्दै
अहिले उनले गरेको ब्यवसायिक कृषि खेतीबाट राम्रो आम्दानी भएको देखेर गाउँका अन्य १ सय जना जति वरोजगार यूवाहरु पनि मौरीपालन र अलैँची खेती तर्फ लागेका छन् ।अहिले उनको काम देखेर समाज पनि परिवर्तन भएको छ । उनले गरेको नमूना कामको प्रंशसा र स्रहयानि गर्दछ । पहिल्यै उनी परम्परागत खेती प्रणाली मात्रै गर्दथे,ब्यवसायिक खेती गर्न सकेका थिएनन् । तर पछि उनले जव आधुनिक खेती प्रणालीबाट खेती गरे,त्यसपछि त उनले कृषि क्षेत्रको कायपल्ट नै गरेर देखाउँदैछन् । उनी पहिल्यै च्याऊ,गोलभेडा,कुखुरापालन,बंगुरपालन गर्दथे, यस्तै उनी कृषि उपजका सामानहरु ब्यापार गर्दथे ।
अव असल कृषक र राजनितीज्ञ बनेर राज्यलाई सेवा गर्ने ,निरन्तर कृषि पेशा र राजनितीलाई अगाडि बढाउने उनी वताउँछन् ।आउँदा दिनमा अलैँचीको बा्रण्ड स्थापना गर्ने,गुणस्तरीय अलैँची उत्पादन गरी विक्री गर्ने,अर्गानिक महको ब्राण्ड स्थापना गर्ने,आफू अलैँची र मौरीपालक कृषकको रुपमा स्थापित हुने वताउँछन् । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award