अर्थ - वाणिज्य

कृषकले पाए अलैंची सुकाउने आधुनिक भट्टी कृषकले पाए अलैंची सुकाउने आधुनिक भट्टी
लमजुङ (बेँसीसहर), ३० जेठ । लमजुङका व्यावसायिक अलैंची  कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध गराएको हो । 
 
जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलँैची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलँैची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो । 
 
अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलँैची भट्टी वितरण गरिएको छ । 
 
नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम (नितिस)को सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award