अर्थ - वाणिज्य

रु एकलाख दश हजारको छात्रवृत्ति वितरण रु एकलाख दश हजारको छात्रवृत्ति वितरण
रामपुर पाल्पा, २८ जेठ ।
आधारभूत माध्यमिक विद्यालय रामपुर, पाल्पामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत अपाङ्ग, गरिब तथा जेहेन्दार २३४ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । 
 
जिल्ला शिक्षा कार्यालय, पाल्पाको सहयोगमा यहाँ अध्ययनरत पाँचजनालाई अपाङ्गता छात्रवृत्ति, ९५ जनालाई बालिका छात्रवृत्ति, १०१ जनालाई दलित छात्रवृत्ति गरी जम्मा रु एक लाख १० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिनुभयो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Nepal Khabar

Started at: 09:00 HRS

Up Next

Traffic Update

Starts at: 09:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award