अर्थ - वाणिज्य

हेवाखोला जलविधुत परियोजना ए बाट १०.६ मेगावाट विधुत केन्द्रिय प्रशारण लाइनमा जोडियो हेवाखोला जलविधुत परियोजना ए बाट १०.६ मेगावाट विधुत केन्द्रिय प्रशारण लाइनमा जोडियो
जितेन्द्र भण्डारी÷पाँचथर,फागुन ६,
पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवा खोला जलविधुत परियोजना ए बाट उत्पादित १०.६ मेगावाट विधुत केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ । यो आयोजना बाट उत्पादन भएको विधुत केन्द्रिय प्रशारण लाइनमा जोडिँदा ३५ सय किलोवाट विजुली मुलुकमा उत्पादन हुने उर्जा मन्त्रालयले जनाएको छ ।
 
यअअघि कावेली कोरिडोर प्रशारण लाइन अन्र्तगत फिदिमको थापाटारमा रहेको सवस्टेशनको उद्घाटन पश्चात ४.३ मेगावाट विधुत केन्द्रिय प्रशारण लाइनमा जोडिसकिएको थियो । यो आयोजनाबाट १४.९ मेगावाट विधुत उत्पादन भएको छ । गत ६७ कार्तिक बाट निर्माण शुरु भएको आयोजना ०७३ साल मंसिरमा सम्पन्न भई उत्पादन परिक्षण गरिएको थियो ।
 
पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा २ अर्व ६० करोड रुपैया खर्च लागेको कम्पनीका प्रवन्ध निर्देशक पुष्पज्योति ढुंगानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“शुरुवातमा आयोजना सकिँदा २ अर्व २५ करोड रुपैया रकम लाग्ने अनुमान गरिएपनि पछि नाकावन्दी,भुकम्प,वन्द हड्तालका कारण लागत वढ्न पुगेको हो ।” यस्तै उहाँले प्रक्रियामा रहेको हुँदा चाँडै पब्लिक शेयर समेत निष्काश्न हुने जानकारी गराउनुभयो । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Ulatpulat

Started at: 15:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 16:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award