अर्थ - वाणिज्य

भुकम्पको प्रभाव नेप्सेमा ।

काठमाण्डौँ जेठ १० ।
शेयर बजारमा भुकम्पको सोझो प्रभाव परेको छ । भुकम्पका कारण एक महिनापछि खुलेको शेयर बजारमा पहिलो दिन नै  २८ दशमलव ३७   अंकको गिरावट आएको छ । भुकम्प जानुअघि वैशाख १० गते ९ सय ३८ अंकमा रहेको नेप्से परिसूचक आइतबार  ९ सय ९ दशमलव ८२ अंकमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्जमा मनास्लु विकास बैंक र नारायणी राष्ट्रिय फाइनान्स वाहेकका सबै कम्पनीको शेयर मूल्य घटेको छ । मूल्य घटेका कारण आइतबार शेयर बजार पूरै राताम्मे भएको छ । भुकम्पको सबैभन्दा ठूलो असर जलविद्युत र वीमा कम्पनीको शेयरमा देखिएको छ । नेपाल स्टक एक्स्चेन्जमा जलविद्युत समूहको शेयर मूल्य १ सय ५१ दशमलव ७८ तथा वीमा समूहको शेयर मूल्य १ सय ३८ दशमलव १४ अंकले घटेको छ ।


जलविद्युततर्फ  चिलिमे जलविद्युत आयोजनाको शेयर मूल्य १ सय ५९ रुपैयाँले भटेको छ भने वीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्यमा ४ सय १० रुपैयाँले गिरावट आएको छ । एभरेष्ट बैंक, बैंक अफ काठमाडौ, सनराइज, प्रभु लगायतका एक दर्जन बैंकको शेयर मूल्य १० प्रतिशतले घटे पनि समग्रमा बैंक समूहको शेयर मूल्य १९ दशमलव ०२ अंकले घटेको छ ।

लगानीकर्ता र शेयर दलालहरुले भुकम्पका कारण मुलुकमा धनजनको ठूलो क्षति भएको अवस्थामा शेयर बजारमा गिरावट आउनुलाई स्वभाविक भनेका छन् । उनीहरुले हल्ला गरिए अनुसार शेयर मूल्यमा गिरावट नआएको भन्दै भुकम्पपछि मुलुकको पुनर्निमाणका लागि प्रमुख दलहरु एक ठाउँमा उभिएका कारण केही समयपछि शेयर बजार बढ्ने दाबी गरे ।


संविधानका अन्र्तवस्तुमा प्रमुख दलहरुबीच कुरा नमिल्दा गत वर्षको भदौको अन्तिममा नेप्से परिसूचक एकै दिन  ४६ दशमलव १३ अंकले घटेको थियो । नेपाल स्टक एक्स्चेन्जमा आइतबार ५ लाख ९३ हजार ७८ कित्ता शेयर ११ करोड ५३ लाख ६७ हजार ७ सय ५३ रुपैयाँमा किनबेच भएको छ ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award