- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
माछा उत्पादनमा वृद्धि
वीरगन्ज, १० जेठ ।
सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेपछि पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेका छन् ।
माछा उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सरकारले विगत पाँच वर्षदेखि अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेको हो । किसानमा यस पेसाप्रतिको बढ्दो आकर्षणले माछाको उत्पादनमा वृद्धि भएको हो ।
कृषि विकास कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिनेशप्रसाद रायका अनुसार, यो योजना कार्यान्वयनमा आएपछि अहिले प्रतिहेक्टर सरदर ४ दशमलव ५ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेका छन् । यसअघि प्रतिहेक्टर ३ दशमलव ९ मेट्रिक टन माछा उत्पादन हु“दै आएको थियो । यो योजनाअन्तर्गत विगत तीन वर्षमा करिब ३२ हेक्टर क्षेत्रफलमा नया“ माछापोखरी निर्माण भएका छन् ।
आव २०६७÷६८ मा १५ हेक्टर, आव २०६८÷६९ मा ११ हेक्टर र आव २०६९÷७० मा छ हेक्टर गरी कुल ३२ हेक्टरमा नया“ पोखरी निर्माण भएका छन् । नया“ माछापोखरी निर्माणका लागि प्रतिहेक्टर रु एक लाखका दरले कृषकलाई अनुदान उपलब्ध गराइएको छ । कृषि विकास कार्यालय पर्साका मत्स्य कार्यक्रमका प्राविधिक दयाराम हरिजनले भन्नुभयो – “यो योजना लागू भएपछि ३३० हेक्टर जग्गामा माछापालन व्यवसाय सञ्चालन गरिँदै आएको छ ।” योभन्दा अघि १२९ हेक्टरमा मात्र माछापालन व्यवसाय सञ्चालनमा थियो ।
जिल्लामा वार्षिक करिब डेढ हजार मेट्रिक टन माछा खपत हुने गरेको छ । उत्पादनमा वृद्धि भएपछि यहाँका किसान माछा पालनबाट आत्मनिर्भर भएका छन्, । “अहिले स्वदेशी माछाकै उत्पादनले जिल्लाको आवश्यकता पूरा भएको छ । यहाँ उत्पादित माछा भारतको सीमावर्ती बजार र पोखरा, मलेखु र काठमाडौँसम्म पुग्ने गरेको छ” प्राविधिक हरिजनले भन्नुभयो ।
माछा उत्पादनसँग सम्बन्धित कृषकलाई उत्पादनसम्बन्धी आवश्यक तालिम समेत दिने गरिएको छ । उत्पादन अभिवृद्धिका लागि गत वर्ष तीन÷तीन जना किसानलाई माछापोखरीमा अक्सिजन उत्पादन गर्ने एयरेटर मेसिन र दाना उत्पादन गर्ने प्लेटिङ मेसिन निःशुल्क उपलब्ध गराइएको थियो ।
नया“ माछापोखरीका लागि जग्गा छनोटदेखि पोखरी निर्माण र माछा उत्पादनसम्मको कार्यको प्रभावकारिता अनुगमन तथा मूल्याङ्कन गर्न जिल्लास्तरीय टोलीसमेत गठन गरिएको कार्यालयले जनाएको छ । जिल्लामा हाल ८६५ जना कृषकसँग ३३० हेक्टर क्षेत्रफलमा एक हजार ६० वटा पोखरी रहेको अनुमान छ । झन्डै नौ हजार मेट्रिकटन माछा उत्पादन हुने गरेको बताइन्छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





