- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
विश्वविद्यालयमा रु दुई अर्बभन्दा बढीको क्षति
काठमाडाँै, ८ जेठ ।
नेपालकै पुरानो विश्वविद्यालय त्रिवि विनाशकारी भूकम्पका कारण रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ ।
भूकम्पले कीर्तिपुरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयदेखि केन्द्रीय पुस्तकालय र अन्य विभिन्न क्याम्पसको भौतिक संरचना ध्वस्त भएको छ । भूकम्पले त्रिविको केन्द्रीय कार्यालयसहित विभिन्न अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसमा धेरै क्षति पुगेको शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपानेले जानकारी गराउनुभयो ।
विश्वविद्यालयका निमित्त रजिस्ट्रार देवराज अधिकारीका अनुसार केन्द्रीय कार्यालयस्थित शिक्षाध्यक्ष र कुलसचिवका कार्यालय पूर्ण रुपमा भत्कँदा त्यहाँभित्रका सामान झिक्नका लागि समस्या देखिएको छ । भूकम्पले त्रिवि स्मृति भवनका विभिन्न भाग भत्कनाका साथै विभिन्न ठाउँमा खाँबा भाँचिएका छन् ।
विश्वविद्यालयका विभिन्न कार्यक्रम सञ्चालन गर्न बहुउपयोगी मानिँदै आइएको त्रिवि स्मृति भवन अब निर्माणबिना कुनै कार्यक्रम सञ्चालन गर्न सकिने अवस्थामा छैन । केन्द्रीय कार्यालयबाहेक भूकम्पले त्रिवि केन्द्रीय पुस्तकालय, चार वटै अनुसन्धान केन्द्र, काठमाडौँ उपत्यकाभित्रका पाटन संयुक्त, त्रिचन्द्र, अमृत साइन्स, शङ्करदेव, मीनभवन, भक्तपुर, थापाथली इन्जिनियरिङ, सरस्वती र पब्लिक युथ क्याम्पस र पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको डिनको कार्यालयका भवन क्षतिग्रस्त भएका छन् ।
“भूकम्पले कीर्तिपुरस्थित केन्द्रीय महिला छात्रावास, पाठ्यक्रम विकास केन्द्रको भवनसहित उपत्यका बाहिरका गोरखा क्याम्पस, लमजुङ क्याम्पस, विराटनगर तथा वीरगन्जका क्याम्पस क्षतिग्रस्त बनेका छन्”, रजिस्ट्रार अधिकारीले भन्नुभयो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय क्षतिग्रस्त भएका कारण हाल कार्यालयका काम शिक्षाशास्त्र केन्द्रीय विभागको भवनबाट अस्थायी रुपमा सञ्चालन गरिएको छ । धेरै संरचना क्षतिग्रस्त भए पनि विश्वविद्यालयका नियमित कामकारबाही र पात्रो नबिगार्नका लागि विश्वविद्यालय गम्भीर बनेको अधिकारीको भनाइ छ । भूकम्पका कारण स्थगित स्नातक तह तेस्रो वर्षको परीक्षा यही जेठ २६÷२७ गतेदेखि सञ्चालन गर्ने गरी विश्वविद्यालयले गृहकार्य गरिरहेको छ ।
क्षतविक्षत केन्द्रीय पुस्तकालय
नेपालकै ठूलो पुस्तकालय त्रिवि केन्द्रीय पुस्तकालय भूकम्पका कारण क्षतविक्षत छ । पुस्तकालयको भवनका अधिकांश स्थान भत्केका छन् भने विभिन्न ठाउँमा पर्खाल चर्केको छ । पुस्तकालयभित्र राखिएका पुस्तकका दराज अधिकांश लडेका छन् । पुस्तकालयका जनरल कलेक्सन, आइएसबिएन शाखा, प्रशासकीय कक्षलगायत अधिकांश भत्केका छन् भने कतिपय स्थानमा जमिन नै धसिएको छ ।
पुस्तकालयका कर्मचारी गेवनाथ न्यौपानेले पुस्तकालयलाई भूकम्पले धेरै क्षति पु¥याएका कारण नियमित रुपमा कार्यसञ्चालन तथा सेवा प्रवाहमा निकै कठिनाइ आइरहेको जानकारी गराउनुभयो ।
पुस्तकालयका प्रमुख जनार्दन ढुङ्गानाका अनुसार पुस्तकालयका कामलाई समान्य रुपमा ल्याउनका लागि पनि लगभग छ महिनासम्मको समयावधि लाग्न सक्ने देखिएको छ । “पुस्तकालयलाई भूकम्पले धेरै क्षति पु¥याएको छ, पुस्तकका दराज लडेका कारण पुस्तक लथालिङ्ग छरिएका छन्, विद्यार्थीसमेतको सहयोगमा पुस्तक यथास्थानमा राख्ने प्रयत्नमा लागेका छौँ, भवन चर्केका तथा भत्केका कारण थप समस्या भएको छ”, ढुङ्गानाले भन्नुभयो ।
पुस्तकालयको सेवालाई भने नियमित रुपमा सञ्चालन गराउने कुरामा पुस्तकालय प्रशासन गम्भीर रहेको उहाँले जानकारी गराउनुभयो । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





