अर्थ - वाणिज्य

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एकै दिन ६ करोडभन्दा बढी । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एकै दिन ६ करोडभन्दा बढी ।
काठमाण्डौँ जेठ ६ ।
 
भुकम्प प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बुधबार एकै दिन ६ करोड १२ लाख ७३ हजार जम्मा भएको छ । 
 
कोषमा नेपाल पर्यटन बोर्डले मात्रै सबै भन्दा बढी ५ करोड रुपैया सहयोग उपलब्ध गराएको हो । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान बोर्डका अध्यक्ष एवं पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेशमान प्रधानले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।
 
त्यसैगरी, एपेक्स कलेज काठमाण्डौका तर्फबाट कलेजका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले १० लाख रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नु भएको छ । त्यसैगरी बुधबार नै नाम्स र वीर अस्पताले ३६ लाख, माछापुच्छ्रे बैकले २६ लाख, जी टी एल नेपाल टेलिकमको १२ लाख ५० हजार, पेडियाट्रिक सोसाइटीको १२ लाख, बुढानीलकण्ठ स्कुलले ७ लाख ,गोगबू आवास क्षेत्र सुधारले १० लाख र ब्रह्मा कुमारी राजयोग केन्द्र (ओम शान्ति परिवार)का तर्फबाट ३ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा भएको छ ।
 
विभिन्न संघ संस्थाका प्रतिनिधिको तर्फबाट सहयोग रकम बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिको  समयमा मौकाको फाईदा उठाई नाफा गर्न खोज्नु अपराध भएको उल्लेख गर्नुभयो । 
 
मौकाको फाईदा उठाउदै भुकम्प प्रभावितको नाममा आएका राहत सामाग्री नै व्यापारीले बढी मुल्य लिएर विक्रि गर्ने गरेको पाईएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award