अर्थ - वाणिज्य

इस्लामी सङ्घले एक्काइस हजारभन्दा बढी घरपरिवारलाई राहत सामग्री प्रदान
काठमाडौँ, २ जेठ ।
इस्लामी सङ्घ नेपालले भूकम्पले मुख्य रुपमा प्रभाव पारेको १४ जिल्लाका २१ हजार २३१ घरधुरीलाई खाद्यान्न, त्रिपाल तथा अन्य अत्यावश्यकीय सामग्री वितरण गरेको जनाएको छ । 
 
सङ्घले गत वैशाख १३ गतेदेखि नै राहत सामग्री सङ्कलन तथा वितरण गरेको र खोजी तथा उद्धारमा सक्रिय सहभागिता जनाएको बताएको छ । 
 
सङ्घले काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, गोरखा, मकवानपुरमा विशेष गरी चामल, दाल, त्रिपाल, पाल, ब्ल्याङ्केट, चिनी, नुनलगायतका अत्यावश्यकीय सामग्री प्रदान गरेको छ । 
 
सङ्घका अध्यक्ष नजरुल हुसेन फलाहीले आफूहरुले वितरण गरेको खाद्यान्नले चार हप्तासम्म सहज रुपमा उपभोग गर्न पाउने बताउनुभयो । 
 
भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १० हजारभन्दा बढी घाइतेको उपचार गरेको सङ्घले जनाएको छ । 
 
यस्तै सङ्घले भूकम्प प्रभावित जिल्लालाई थप सहयोग गर्ने जनाउँदै सरकारको नीति र योजनाभित्रै रहेर अस्थायी आवास निर्माणमा सहयोग गर्ने तथा जस्तापाता उपलब्ध गराउन पनि पहल गर्ने जनाएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award