अर्थ - वाणिज्य

होटल व्यवसायीलाई ३८ करोड घाटा
पथरी  मोरङ , १ जेठ ।
वैशाख १२, १३ र २९ गते आएको भूकम्प र पराकम्पनहरुबाट मोरङमा सञ्चालित होटल व्यवसायीलाई रु ३८ करोड घाटा भएको छ । 
 
भूकम्पका विभिन्न पराकम्पन आउन थालेपछि भारतीय तथा अन्य देशका पर्यटक विराटनगर आउने क्रम रोकिएकाले होटलको व्यापारमा घाटा भएको पूर्वाञ्चल होटल व्यवसायी सङ्घले जनाएको छ ।
 
विदेशी पर्यटकले भूकम्पका धक्का नरोकिएपछि अग्रिम बुकिङ गरिएका होटल र लजहरु रद्द गराएका छन् । भूकम्पका धक्का आउने क्रम नरोकिएपछि विराटनगरका होटलको व्यापारमा ७० प्रतिशतले ह्रास आएको छ । मोरङमा ठूला साना गरेर झन्डै ५०० होटल सञ्चालित छन् । 
 
भारतको विहार, उत्तर प्रदेश तथा अन्य देशका पर्यटक कञ्चनजङ्गा र सगरमाथा हिमाल चढ्न आउनेले पनि विराटनगरलाई बासस्थानको गन्तव्य बनाउने गरेका थिए । यस्तै सेमिनार, गोष्ठी, औपचारिक कार्यक्रम र आन्तरिक पर्यटकले पनि यहाँका होटललाई भ्याइनभ्याइ हुने गरेको थियो । वैशाख १२ गतेदेखि एक हप्तासम्म होटलमा ग्राहक नै नआएको व्यवसायीको भनाइ छ । गत मङ्गलबार गएको अर्को ठूलो भूकम्पले व्यवसाय झनै सङ्कटमा परेको उनीहरुको भनाइ छ । 
 
विराटनगरमा नाम चलेका करिब एक दर्जन ठूला होटल सञ्चालनमा छन् । सञ्चालनमा रहेका जेनियल, रत्ना तीन स्टार होटल हुन् भने इस्टर्न स्टार दुई स्टार हो । यस्तै पाञ्चाली, स्वागतम, नमस्कार, एभरेस्टलगायतका होटल पनि सुविधा सम्पन्न रहेका छन् ।
 
पूर्वाञ्चल होटल व्यवसायी सङ्घका अनुसार विराटनगरमा सञ्चालनमा रहेको ठूलासाना होटलले प्रतिदिन रु दुई करोडसम्मको कारोबार गरिरहेका थिए । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award