- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
स्वास्थ्य संस्थामा रु दुई करोडको क्षति
ललितपुर, २८ वैशाख । यही वैशाख १२ गते गएको भूकम्पमा परी ध्वस्त भएका स्वास्थ्य संस्थामा करिब रु दुई करोड बरावरको क्षति भएको छ ।
जिल्लाभर रहेका स्वास्थ्य संस्थामध्ये आठ वटा पूर्णरुपमा क्षति भएको, कालेश्वर, माल्टा, शङ्खु, चौघरे गाविसमा रहेका स्वास्थ्य चौकी तथा मानिखेल, ठूलादुर्लुङ, दलचोकी र लामाटारमा रहेका उपस्वास्थ्य चौकीका भवन पूर्ण रुपमा ध्वस्त भएको जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले बताउनुभयो ।
यसैगरी १८ स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ, जसमा प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्यचौकी १२ र उपस्वास्थ्य चौकी पाँच छन् । भूकम्पबाट पूर्णरुपमा क्षति भएका स्वास्थ्य चौकीको रु एक करोड २० लाख र आंशिक क्षति भएकाको रु ९० लाख गरी कुल रु दुई करोड १० लाख बराबरको क्षति भएको जनाइएको छ । भूकम्पमा परी घाइते भएकाको उपचारका लागि कार्यालयबाट आवश्यकताअनुसारको औषधि र स्वास्थ्यकर्मीको परिचालन गरिएको उहाँले बताउनुभयो ।
विनाशकारी भूकम्पपछि आउन सक्ने महामारी रोक्न फिनेल र बेटाडिन जस्ता औषधि गाउँ गाउँमा पु¥याइसकिएको जनाइएको छ । उहाँले खास गरी महामारीका रुपमा फैलिन सकिने झाडापखाला, निमोनिया, रुघाखोकी, हैजा एवम् दादुराको रोकथामका लागि चाहिने पर्याप्त औषधि सम्बन्धित ठाउँमा पु¥याएर काम गर्न सुरु गरिसकिएको बताउनुभयो ।
तिब्बती शिविर ध्वस्त
जावलाखेल एकान्तकुनास्थित रहेको तिब्बती बस्ने शिविरको करिब आठ रोपनी जग्गामा निर्मित चार तल्लाको दुई पक्की भवनलाई विनाशकारी भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको छ ।
सो भवनमा शरणार्थी बस्नाका साथै गलैंचा बुन्ने काम सञ्चालनमा रहेको जावालाखेल ह्यान्डीक्राफ्ट सेन्टर प्रालिका व्यवस्थापक कर्मा दाबाले बताउनुभयो । अहिले तिब्बतीहरु संस्थाको अगाडि रहेको खुला चौरमा बस्न बाध्य भएको संस्थाका सल्लाहकार कृष्णप्रसाद मास्केले जानकारी दिनुभयो । सन् १९६० मा स्वीस सरकारको सहयोगमा बनेका साना दुई भवनलाई समेत भूकम्पले सामान्य क्षति पु¥याएको छ ।
भूकम्पपीडित पत्रकारलाई पाल
भूकम्पपीडित सञ्चारकर्मीलाई आज नेपाल पत्रकार महासङ्घ ललितपुरले एक एक पाल वितरण गरेको छ । शाखामा आबद्ध सञ्चारकर्मीमध्ये ३४ जना भूकम्पबाट पीडित रहेको महासङ्घका जिल्ला अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो । उहाँले महासङ्घलाई प्राप्त १७ पाल वितरण गरिएको र बाँकी सदस्यलाई अर्को पाल प्राप्त भएपछि दिइने बताउनुभयो ।
जनता र राज्यका लागि दिनरात नभनी काम गरेको सञ्चारकर्मीका पीडालाई सरकारले जति सक्दो छिटो सहयोग गरिनुपर्नेमा अध्यक्ष न्यौपानेले जोड दिनुभयो । सञ्चारकर्मी प्रभुनारायण बस्नेतले भूकम्पवाट विस्थापितलाई स्थापित गराउन सञ्चारमाध्यमले सही भूमिका खेल्नुपर्ने बताउनुभयो । रासस ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





